वैज्ञानिक महावीर पुनले कोरोना भाइरसको उपचार गर्न पिपिई निःशुल्क उपलब्ध गराउने

काठमाडौँ। महावीर पुनले कोरोना भाइरसको उपचार गर्न चिकित्सकले लगाउने पोशाक ‘व्यक्तिगत सुरक्षा उपकरण’ (पिपिई) निःशुल्क उपलब्ध गराउने हुनुभएको छ । बिहीबारदेखि पिपिई बनाउन थाल्नुभएका पुनले सरकार र अस्पताललाई आफूले निःशुल्क रुपमा उक्त सामग्री वितरण गर्ने बताउनुभयो ।

बिहीबार नेपाल मेडिकल काउन्सिलका अध्यक्ष डा भगवान कोइरालालाई नमूना देखाएपछि साँझैबाट उत्पादन शुरु गरिएको उहाँले बताउनुभयो । “एउटा पिपिई बनाउनका लागि एक हजार पर्छ”, उहाँले भन्नुभयो, “एक हजार उठाउँदै जान सम्भव हुँदैन । त्यसैले उक्त सामग्री निःशुल्क दिनेछु ।”

चप्पल कारखाना र पेप्सीकोला दुई ठाउँमा छजना मजदुरले अहिले पिपिई उत्पादन गरिरहेका छन् । राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्षसमेत रहनुभएका पुनका अनुसार एकजना मजदुरले दिनमा आठवटा पिपिई बनाउने छन् ।

त्रिवि शिक्षण अस्पताल, वीर अस्पताल, बिपी कोइराला विज्ञान प्रतिष्ठान अस्पताल धरानका चिकित्सकले पिपिई बनाउन भनेपछि उहाँले बनाउन थाल्नुभएको हो । “शिक्षण अस्पतालका चिकित्सकले एउटा नमूना दिनुभयो” उहाँले भन्नुभयो, “अनि त्यही नमूनाअनुसार मैले पिपिई बनाउन थालेको हँु ।” उहाँले पिपिई बनाउन थालेपछि जिल्लाका अस्पतालबाट चाहियो भनेर फोन आउने गरेका छन् ।

मजदुर र कच्चा पदार्थको अभाव

पुनले कोरोना भाइरस रोकथाम गर्न प्रयोग गरिने पिपिई आफूले उत्पादन गरे पनि अहिले लकडाउनका कारण मजदुर र कच्चा पदार्थको अभाव भएको बताउनुभयो ।

‘‘मैले चाहिनेजति नै पिपिई बनाउने थिएँ’’ उहाँले भन्नुभयो, ‘‘तर अहिलेको अवस्थाले गर्दा मजदुर र कच्चा पदार्थ पर्याप्त नपाइएकाले धेरै बनाउन समस्या भइरहेको छ ।’’ उहाँले पिपिई बनाउन चाहिने कच्चा पदार्थ र मजदुर अहिले खोजिरहनुभएको छ ।

भर्खरै प्रकाशित

घोराहीमा तीनदिने खोज पत्रकारिता तालिम सम्पन्न

हिमाली पत्रिका  ११ बैशाख, घोराही  । घोराहीमा तीनदिने खोज पत्रकारिता तालिम सम्पन्न भएको छ।  पत्रकार महिला मञ्च दाङको आयोजना र घोराही उपमहानगरपालिकाको सहयोगमा सुरु भएको…

सहरी क्षेत्रमा विद्यालय बन्द गर्ने सरकारको निर्णय

६ वैशाख, काठमाडौं । सरकारले कोरोना भाइरस (कोभिड-१९) प्रभावित सहरी क्षेत्रका विद्यालय बन्द गर्ने निर्णय गरेको छ। सोमबार बिहान बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले विद्यालय बन्द…

भारतमा एकै दिन २ लाख ६१ हजार कोरोना संक्रमित थपिए,…

काठमाडौं । भारतमा पछिल्लो केही समय यता तीव्र गतिमा कोरोना संक्रमण फैलिरहेको छ । हरेक दिन भारतमा कोरोना संक्रमणको ग्राफ उकालो लागिरहेको छ । पछिल्लो…

देउखुरीका जिर्ण पाँच वटा पुलको मर्मत कार्य सुरु

दाङ।  देउखुरीका अतिजिर्ण भएका पाँच वटा पुलको मर्मत कार्य सुरु भएको छ । लमही १ कौडिया पुलबाट मर्मत संभारको कार्य सुरु भएको हो । सडक…

लक्ष्मी आचार्यलाई प्रेस संगठन र युनियनको साझा उमेद्वार बनाउने निर्णय

२१ चैत्र, घोराही । नेपाल पत्रकार महासंघ दाङको आसन्न निर्वाचनका लागि प्रेस संगठन र प्रेस युनियनले लक्ष्मी आचार्यलाई अध्यक्षको उमेद्वार बनाउने निर्णय गरेको छ ।…