कोरोनाभाइरस : विदेशबाट आएकाहरुको पहिचान गर्न घरमा रातो संकेत

झापा — मेचीनगर नगरपालिकाले भारत तथा तेस्रो देशबाट फर्किएकाहरुको घरमा रातो संकेत लगाउन सुरु गरेको छ । नगरपालिकाले विदेशबाट फर्किएकाहरुको पहिचानपश्चात उनीहरुको घरमा रातो संकेत पोत्न सुरु गरेको हो ।

मेचीनगर ८ का वडा सदस्य सन्तोष मेचे विदेशबाट फर्किएकाको घरमा रातो क्रस पोत्दै ।

नगरका मेयर विमल आचार्यले विदेशबाट आएको भन्ने पहिचानका लागि यस्तो अभियान सुरु गरिएको जानकारी दिए । उनले भने,‘जसको घरमा रातो रंगको संकेत छ, सम्झिनुस् त्यो घरको कुनै न कुनै सदस्य भर्खरै विदेशबाट फर्किएको छ ।’
विदेशबाट फर्किएकाहरुलाई कोरोना भाइरसको संक्रमण देखिन थालेपछि सर्वसाधारणको सचेतनाका लागि त्यस्तो अभियान सुरु गरिएको मेयर आचार्यले जनाए । गत फागुन २२ यता मेचीनगर नगरपालिकाभित्र १ सय ६४ जना भारतलगायत तेस्रो मुलुकबाट फर्किएको पाइएको छ । ती सवैको घरमा रातो संकेत पोत्ने काम सुरु भएको छ । ‘रातो रंग लगाएका घरमा मान्छे होम क्वारेन्टाइनमा छन् भन्ने संकेत पनि हो’, मेयर आचार्यले भने,‘ यसो गर्दा अनुगमनका साथै स्वास्थ्यकर्मी र सुरक्षाकर्मी परिचालन गर्न पनि सजिलो हुनेछ ।’

नगरका सामाजिक शाखा प्रमुख अनन्तप्रकाश वस्तीका अनुसार २०७६ फागुन २२ यतादेखि मेचीनगर नगरपालिकाभित्र अहिलेसम्म भारतलगायत तेस्रो मुलुकबाट १ सय ६४ जना फर्किएका छन् । जसमध्ये सबैभन्दा बढी भारतबाट १ सय २३ जना छन् । यूएईबाट १९, कतारबाट ७, साउदी अरबबाट ६, मलेसियाबाट ४, अमेरिकाबाट २ तथा इजरायल, बहराइन र कतारबाट आउने १/१ जना छन् ।

उनीहरु अधिकांश होम क्वारेन्टाइनमा छन् । कतिपय वडा नम्बर ७ को सतिघट्टा, ११ को घाइजन, वडानम्बर ३ को पशुपति माध्यमिक विद्यालय र वडा नम्बर ४ को सरस्वती माध्यमिक विद्यालयको क्वारेन्टाइनमा छन् ।

नगरपालिकाले कोरोना संक्रमणको उच्च जोखिममा रहेका ज्येष्ठ नागरिकको सुरक्षा संवेदनशीलतालाई ध्यान दिँदै उनीहरुको समेत तथ्यांक संकलन सुरु गरेको छ । नगरका १५ वटै वडामा ५ हजार ३ सय ४७ जना जेष्ठ नागरिक छन् । कान्तिपुरबाट

loading...
loading…

भर्खरै प्रकाशित

चर्चित गायिका कला लम्सालको तहल्का मच्चाउने तीज गीत बजारमा (…

केएम निष्ठुरी गत बर्षको तीजमा तहल्का मच्चाएको सुपरहिट तीज गीत पातली को अत्याधिक सफलता पछी चर्चित गायीका कला लम्सालले यस बर्षको तीजको कोसेली पातली २…

तिलोत्तमामा बुद्धको मुर्तिपछी अहिले इस्टोनियाको रुख काटियो

१९ असार,  बुटवल । बुटवल भैरहवा सिद्धार्थ राजमार्ग अन्तर्गतको तिलोत्तमा नगरपालिकाले लगाएको बाटो डिभाइडरमा रहेको इस्टोनियाको रुखहरु गएराती अज्ञात समूहद्वारा काटिएको छ । मणिग्राम चोकदेखि…

भारतले लगायो टिकटक सहित ५९ चाइनिज एप माथि प्रतिबन्ध

बुटवल, भारत सरकारले ले भारतमा निकै चर्चित एप टिकटक सहित ५९ एप मा प्रतिबन्ध लागाएको छ प्रतिबन्ध हुनेमा चाइना संग लिंक हुने सबै एप हरु…

पाल्पाको निस्दिमा ९३ जनामा कोरोना पुष्टि

११ असार, बुटवल । पाल्पाको निस्दिमा  थप ९३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । चितवनस्थित भरतपुर अस्पतालको कोभिड–१९ प्रयोगशालामा गरिएको परीक्षणमा निस्दिका विभिन्न क्वारेन्टिन…

दाङमा संक्रमितको संख्या बढ्न थालेपछि थप सावधानी अपनाईयो, भोलिदेखि ५…

दाङ । दाङमा कोरोना संक्रमितहरुको संख्या बढ्न थालेपछि थप साबधानि अपनाइने भएको छ । भोलि असाढ ४ गतेदेखि लागू हुने गरी दाङका सबै बजारहरु साँझ…