दोहा। कतार सरकारले कोरोनाभाइरसबाट आफ्नो देशलाइ सुरक्षित राख्न अनेक उपाए अपनाउदै आइरहेको छ। पहिलो चरणमा सम्पूर्ण शैक्षिक संस्था बन्द गरेको कतारले हाल देशका अधिकांश ठुला व्यवसाय बन्द गरिसकेको छ। सार्वजनिक स्थानमा हिड्दुल गर्न कडा प्रतिबन्ध लगाईएको छ।
कतार सरकारले लागु गरेको नियम उल्लंघन गर्दै सार्वजनिक स्थानमा हिड्दुल गर्ने, भिडभाड गर्ने तथा प्रथाना गर्नेललाइ समेत कतार सरकारले ३ वर्ष जेल र २ लाख कतारी रियाल जरिवाना गर्ने बताएको छ।
सार्वजनिक स्थान अथवा मस्जिदमा समेत प्रथाना गर्न प्रतिबन्ध लगाईएपछि पछिल्लो समय कतारमा घरको छतमा गएर सामुहिक रुपमा प्रथान गर्ने गरिएको पाईएको छ। घरको छतबाट पनि भाइरसको संक्रमण हुनसक्ने भएकाले सरकारले त्यसमा पनि प्रतिबन्ध लगाउने निर्णय गरेको छ।
सरकारको निर्णय अटेर गर्दै आफ्नो घरको कम्पाउन, घरको छत, घर बाहिरको खेलकुद मैदान अथवाना कुनैपनि प्रकारको भिडभाड अथवा समुहमा जम्मा भए कतारको नियमानुसार ३ वर्ष जेल सजाय साथै २ लाख कतारी रियाल अर्थात् करिव ६६ लाख नेपाली रुपैंयाँ जरिवाना गरिने बताईएको छ।
कतारमा हाल सम्म कोरोनाभाइरसका कारण एक जना बंगलादेशी नागरिकको मृत्यु भइसकेको छ। कतारमा कुल ६९३ संक्रमित मध्य ५१ जना पूर्ण रुपमा निको भएका छन्। कतार ट्रिब्युन