बुद्धिमान वली
चैत्र २१,रोल्पा । रोल्पाको त्रिवेणी गाउँपालिका वडा नम्बर ७ मा रहेको जनएकता युवा क्लबद्वारा कोरना भाइरस (कोभिड १९) सम्बन्धि जनचेतनामुलक कार्यक्रम गरि सचेतना गरिरहेको छ ।
कोरना भाइरसको जोखिमलाई कम गर्न सरकारले अहिले पुरै मुलुक लकडाउन गरेको छ । विभिन्न युवा क्लबले चेतनामूलक काम गरिरहेको खबर आइरहदा त्रिवेणी ७ रोल्पाको जनएकता युवा क्लबले पनि टोलटोलमा पुगेर हात धुने,सरसफाइको बानी बिकास लगाएतको काम गरेर चतना फैलाउन शुरु गरेको क्लबका सचिव जीवराज बुढाथोकीले माडी खबरलाई जानकारी दिनुभएको छ । क्लवले विभिन्न टोलमा हात धुने सावुन समेत वितरण गरेको छ ।
कोरना भाइरसका लक्षण,बच्ने उपायका बारेमा जनचेतनामूलक कार्यक्रममा जानकारी दिइएको समेत क्लबले जानकारी दिएको छ ।