घोराही। दाङको घोराहीमा रहेको पीके निर्माण सेवा प्रालिले लकडाउनकका कारण दैनिकि गुजारा चलाउन समस्यामा परेका विपन्नवर्गलाइ राहत स्वरुप रु २५ हजार सहयोग गरेको छ।
पीके निर्माण सेवाले घोराही उपमहानगरपालिका वडा नम्बर १५ संग समन्वय गरेर उक्त रकम सहयोग गरेको निर्माण सेवाका प्रतिनिधि दिपेश पोख्रेलले बताउनु भयो।
‘कोरोना भाइरसका कारण पुरै देश नै लकडाउन भाइरहेको समयमा हाम्रो देश र समाजका लागि सहयोग गर्न पाउनु भाग्यको कुरा हो’ कम्पनीका प्रतिनिधि पोख्रेलले भन्नुभयो, ‘ यस्तो विपतको समयमा हामी सबैले देश र समाजलाइ सहयोग गर्न जरुरी छ।”
आफु घोराही १५ कै निवासी भएकाले वडालाइ आवस्यक परे कुनै पनि बेला जस्तोसुकै सहयोग गर्न तयार रहेको कम्पनीका
प्रबन्ध निर्देशक प्रकास विस्वकर्माले बताउनुभयो । राहत संकलन तथा वितरण प्रक्रियामा पीके निर्माण सेवा प्रालि सधैं वडावासीको साथमा रहेको एमडी विस्वकर्माले बताउनु भयो।
भविश्यमा आवस्यक परे पुनः आर्थिक तथा भौतिक सहयोग गर्ने पीके निर्माणसेवा प्रालिले प्रतिबद्धता व्यक्त गरेको छ।