उज्यालो विहानी फाउण्डेशनद्वारा घोराहीका विभिन्न वडामा अत्यावस्यक खाद्य सामग्री वितरण

हिमाली पत्रिका 

घोराही ।  दाङको घोराहीमा रहेको उज्यालो विहानी फाउण्डेशनले घोराही उपमहानगरपालिका अन्तर्गत विभिन्न वडाहरुमा आज अत्यावस्यक खाद्य सामग्री वितरण गरेको छ। लकडाउनका कारण दैनिक गुजारा चलाउन नसक्ने अवस्थामा रहेका विपन्नवर्गलाइ फाउन्डेशनले खाद्य वस्तु; दाल, चामल र तेल वितरण गरेको हो।

आइतबार मात्रै नगरभित्रका विभिन्न छ स्थानमा विपन्नपरिवारलाइ करिव ७ सय किलो भन्दा धेरै चामल, दाल र तेल वितरण गरेको फाउण्डेशनका अध्यक्ष डाक्टर गिरबहादुर महराले बताउनु भयो।

उज्यालो विहानी फाउण्डेशनले विपन्नवर्गलाइ राहत वितरणसंगै लकडाउनका कारण अन्य समस्यामा पारेकाहरुलाई पनि उद्दार गर्दै आएको छ।

नेपालमा लकडाउन सुरु भएसंगै उत्पन्न भएका विभिन्न समस्याहरुको समाधान गर्न सक्रिय भएको उज्यालो विहानी फाउण्डेशनले दाङका स्थानीय तहहरुसंग समन्वय गरेर आवस्यकता अनुसार आर्थिक भौतिक दुवै सहयोग गर्दै आएको छ। हाम्रो चाहना लकडाउनकै कारण केही मानिस पनि भोकै नमरुन भन्ने हो अध्यक्ष महराले भन्नुभयो, ‘आलोचना गर्नेहरु गर्दै गर्छन हामी गरिवदुखिका पिडा टुलुटुलु हेरेर बस्नसक्दैनौं।’

‘पछिल्लो पटक सरकारले राहत वितरणमा एकद्वार प्रणाली लागू गरेपछि हामी सरकारको साथी जस्तै भएर काम गरिरहेका छौं’, फाउण्डेशनका सदस्य जेपी केसीले भन्नुभयो ,’अब हाम्रो हरेक सहयोग सरकार तथा सम्बन्धित टोलसंग समन्वय गरेर मात्र हुनेछ।’

‘फाउण्डेशनसंग आर्थिक समस्या हुनथालेपछि सदस्यहरु आफुले चलाईरहेको मोबाइल बेचेरै भएपनि गरिवदुखिलाइ सहयोग गर्ने योजना बनाएका छौं’, अर्का सदस्य तुला विकले भन्नुभयो, ‘हामीले अहिले सम्म हाम्रा ४० जना सदस्यबाट उठाएको रकमले नै सहयोग गर्दै आएका छौं करिव दुइलाख रुपैयाँको सहयोग प्रतिबद्दता भएता पनि उक्त रकम उठ्न सकेको छैन।’

उज्यालो विहानी फाउण्डेशनले यसअघि दाङका विभिन्न निकायलाइ २५  वटा व्यक्तिगत सुरक्षा उपकरण (पीपीइ) पनि सहयोग गरेको थियो।

loading…

भर्खरै प्रकाशित

भागरथी हत्या प्रकरण : कक्षा ११ मा पढ्ने विद्यार्थी पक्राउ

४ फागुन, काठमाडौं । बैतडीको दोगडाकेदार गाउँपालिका–७ की १७ वर्षीया किशोरी भागरथी भट्टको बलात्कारपछि हत्या गरेको अभियोगमा उनी अध्ययन गर्ने विद्यालयका एक विद्यार्थी पक्राउ परेका…

भारतमा कोरोनाविरुद्ध खोप अभियान, पहिलो दिन २ लाख जनाले लगाए…

भारतमा सुरु कोरोनाविरुद्ध खोप अभियानअन्तर्गत पहिलो दिन करिब २ लाख जनाले खोप लगाएका छन्। त्यहाँको केन्द्रीय स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकअनुसार शनिबार १ लाख ९१…

प्रतिगमनविरुद्ध सडकमा उत्रनुको विकल्प छैन: महरा

दाङ। नेपाल कम्युनिष्ट पार्टी (प्रचण्ड–माधव पक्ष)का नेता कृष्णबहादुर महराले प्रतिनिधिसभा विघटनविरुद्ध जनताको ठूलो शक्ति सडकमा आउने दावी गरेका छन्। प्रचण्ड–माधव पक्षीय दाङका अगुवा कार्यकर्ता भेलालाई…

लुम्बिनी प्रदेश प्रहरीद्धारा जातीय छुवाछुत तथा बालविवाह रोकथाम गर्न ३…

२७ पुस, दाङ । जातीय छुवाछुत तथा बालविवाह रोकथामका लागि लुम्बिनी प्रदेश प्रहरीले तीन महिने अभियान सञ्चालन गरेको छ । अभियान अन्तर्गत समुदायमा हुने जातीय…

घोडाबाट लडेर कर्णालीका मुख्यमन्त्री शाही घाइते, हेलिकप्टरबाट उद्धार

शुक्रबार हुम्ला पुगेका कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही आज सदरमुकामबाट सिमकोट गाउँपालिका वडा नं ३ को तोर्पा, बरगाउँदै हुँदै लिमाटाङ्ग जाने क्रममा हुडी गाउँ र…