अम्बापुर खानेपानीद्वारा राहतकोषमा ५१ हजार सहयोग

घोराही।  घोराही १८ स्थित अम्बापुर खानेपानी तथा सरसफाइ उपभोक्ता समितिले वडास्तरीय राहत कोषमा ५१ हजार सहयोग गरेको छ ।
समितिको आज बसेको बैठकले गरेको निर्णयअनुसार सो सहयोग गरेको हो । समितिका अध्यक्ष बिष्णुप्रसाद भट्टराइले वडा अध्यक्ष भरतमणि अर्याललाई ५१ हजारको चेक हस्तान्तरण गर्नुभएको हो ।

त्यस्तै घोराही १८ अम्बापुर निवासी समाजसेवी ऋषिराज बेलबासेले ५० हजार सहयोग गर्नुभएको छ । त्यसैले गरी साविक वडा नम्बर ५ का पूर्वअध्यक्ष महेन्द्र खनालले २५ हजार सहयोग गर्नुभएको छ ।

विभिन्न टोल विकास संस्था, खानेपानी तथा वन समिति र व्यक्तिहरुबाट राहत कोषमा सहयोग प्राप्त हुने क्रम जारी रहेको अध्यक्ष अर्यालले जानकारी दिनुभयो । सो कोषबाट वडाभित्रका अति बिपन्न तथा लकडाउनका कारण छाकबास बन्द भएका व्यक्तिहरुलाई राहत उपलब्ध गराइने छ ।

loading…

भर्खरै प्रकाशित

भागरथी हत्या प्रकरण : कक्षा ११ मा पढ्ने विद्यार्थी पक्राउ

४ फागुन, काठमाडौं । बैतडीको दोगडाकेदार गाउँपालिका–७ की १७ वर्षीया किशोरी भागरथी भट्टको बलात्कारपछि हत्या गरेको अभियोगमा उनी अध्ययन गर्ने विद्यालयका एक विद्यार्थी पक्राउ परेका…

भारतमा कोरोनाविरुद्ध खोप अभियान, पहिलो दिन २ लाख जनाले लगाए…

भारतमा सुरु कोरोनाविरुद्ध खोप अभियानअन्तर्गत पहिलो दिन करिब २ लाख जनाले खोप लगाएका छन्। त्यहाँको केन्द्रीय स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकअनुसार शनिबार १ लाख ९१…

प्रतिगमनविरुद्ध सडकमा उत्रनुको विकल्प छैन: महरा

दाङ। नेपाल कम्युनिष्ट पार्टी (प्रचण्ड–माधव पक्ष)का नेता कृष्णबहादुर महराले प्रतिनिधिसभा विघटनविरुद्ध जनताको ठूलो शक्ति सडकमा आउने दावी गरेका छन्। प्रचण्ड–माधव पक्षीय दाङका अगुवा कार्यकर्ता भेलालाई…

लुम्बिनी प्रदेश प्रहरीद्धारा जातीय छुवाछुत तथा बालविवाह रोकथाम गर्न ३…

२७ पुस, दाङ । जातीय छुवाछुत तथा बालविवाह रोकथामका लागि लुम्बिनी प्रदेश प्रहरीले तीन महिने अभियान सञ्चालन गरेको छ । अभियान अन्तर्गत समुदायमा हुने जातीय…

घोडाबाट लडेर कर्णालीका मुख्यमन्त्री शाही घाइते, हेलिकप्टरबाट उद्धार

शुक्रबार हुम्ला पुगेका कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही आज सदरमुकामबाट सिमकोट गाउँपालिका वडा नं ३ को तोर्पा, बरगाउँदै हुँदै लिमाटाङ्ग जाने क्रममा हुडी गाउँ र…