लकडाउन डायरी : मजदुर भन्छन – “बरु राहत कहिले पाइन्छ ?”

केशरमान बुढाथोकी

यतिबेला मानवजातिको अस्तित्वलाई नै संकट पार्नेगरी विश्वमै महामारीको रुपमा फैलिएको कोरोना भाइरसले विश्वका करिब दुई सयभन्दा बढी राष्ट्रलाई आक्रान्त बनाएको छ । शुरुमा रुघाखोकीको जस्तो लक्षण देखिने यो रोगले बिस्तारै मानिसको फोक्सोमै आक्रमण गरेर श्वासप्रश्वासमै गम्भीर असर गरेर मानिसको प्राण लिने गर्दछ ।

हालसम्म यसको कुनै औषधि नभेटिएको डरलाग्दो प्राणघातक कोरोना भाइरसको संक्रमणको साङ्लो तोडेर सुरक्षित हुन नेपालले यतिबेला लकडाउन गरेको छ । यही लकडाउनको समयमा कसैको दैनिकी अरुका लागि अनुकरणीय तथा प्रेरणा बनोस् भनेर विभिन्न क्षेत्रका ब्यक्तित्वहरुसँग पत्रकार केशरमान बुढाथोकीले गर्नुभएको संक्षिप्त संवादमा आधारित लकडाउन डायरी यहाँ प्रस्तुत गरिएको छ ।

शान्ता चौधरी
नेकपा संसदीय दलको सचेतक तथा प्रतिनीधि सभा सदस्य, दाङ

यतिबेला कोरोना भाइरसले विश्वलाई चूनौति दिइरहेको छ । कोरोनाको कारणले विश्वभरका मानिसहरुमा डर, त्रास र भय उत्पन्न भएको छ । कोरोना भाइरसकै कारण एक लाख भन्दा बढिले ज्यान गुमाइसेका छन्, १९ लाख भन्दा बढि मानिस कोरोना संक्रमितबाट पीडित छन् । दिनप्रतिदिन कोरोना संक्रमित बिरामीहरुको संख्या बढ्दै गइरहेको छ । एक व्यक्तिबाट अर्को व्यक्तिमा सजिलै सर्न सक्ने भएकोले यो महमामारी कोरोना भाइरसबाट बच्नका लागि अहिले विश्वका धेरैजसो देशहरुले लकडाउन गरेको अवस्था छ । हाम्रो देश नेपालमा पनि गत चैत ११ गते देखि लकडाउन जारी छ ।

मंगलबार मात्र बसेको मन्त्रीपरिषदको वैठकले नेपालमा बैशाख १५ गतेसम्म लकडाउन जारी राख्ने निर्णय गरेको छ । नेपाल सरकारले कोरोना भाइरसबाट बच्नका लागि उच्च सतकर्ता सहित सामाजिक दुरी कायम गर्न, लकडाउनको पालन गर्न आग्रह गरिरहदा पनि यसरी नेपालमा पछिल्लो जानकारी अनुसार १६ जना कोरोना संक्रमति विरामीहरु भेटिएकाछन् । यो जटिल अवस्थामा पनि आफ्नो जोखिम मोलेर भएपनि रातदिन उपचाररतमा खटिरहनुभएका स्वास्थ्यकर्मीहरु, जनताको सुरक्षाका लागि सडकमा तैनाथ भएर बसिरहनुभएका सम्पूर्ण सुरक्षा कर्मीहरुप्रति सलाम र मेरो सम्मान छ । त्यसैले हामी सवै नेपालीहरु आफ्नो लागी मात्र नभई आफ्नो परिवार, छिमेकी, टोल, गाउँ , समाज र देशका लागी लकडाउनको पालना गरौं । सामाजिक दुरी कायम गरौं । उच्च सर्तकता सहित घरभित्र बसौं । घरभित्र बसेर पनि धेरै कामहरु गर्न सकिन्छ ।

नेपालमा लकडाउन भएपछि म पनि घरमै छु । अहिले म काठमाण्डौको ग्वार्को स्थित आफ्नै डेरामा बसिरहेको छु । भौतिक रुपमा काठमाण्डौमा भएपनि मेरो मन मेरो गृह जिल्ला दाङमा छ । र पनि म मेरो समुदाय, मेरो बर्ग गरिब , विपन्न एवं दैनिक मजदुरी गरेर खाने नागरिकहरुको बारेमा धेरै चिन्तित छु । त्यसैले काठमाण्डौमा बसेर भएपनि प्रमुख जिल्ला अधिकारी, स्थानीय तहका जनप्रतिनिधि एवं जिल्लाबासी साथीहरुसंग नियति सम्पर्कमा नै छु । खासगरि राहतको बारेमा चासो दिईरहेकै छु । हुन त राहतको लागि सरकारले राहत प्याकेजको निर्णय गरेअनुसार स्थानीय तह मार्फत वितरण गर्ने काम गरिरहेको छ । तर पनि जो पाउनुपर्ने समुदाय, बर्गहरुले पाइरहेका छन् की छैनन् त्यसको विषयमा खोजिनीति गर्ने, चासो गर्ने मेरो दायित्व र कर्तव्य पनि हो ।

नेपाल सरकारले नेपाललाई लकडाउन घोषणा गरेपछि विगतको भन्दा अहिले अरु जस्तै मेरो पनि दैनिकीमा केहि परिवर्तन आएको छ । म प्रायजसो बिहान ५ बजे नै उठ्ने गर्दछु । उठेर नित्यकर्म पछी रुममै योगा गर्छु । नियमिति व्याम गर्छु । र सरसर्ति विभिन्न अनलाइन मा समचारहरु हेछु, र सामाजिक संजाल फेसवुक हेरिसकेपछि एकछिन आफ्नो कोर्षका बुकहरु पढ्ने गर्दछु । त्यसपछि ७:३० बजेपछि जिल्लामा रहेका पार्टीका नेता, कार्यकर्ता, स्थानीय तहका जनप्रतिनीधि, प्रमुख जिल्ला अधिकारीहरुलाई समेत सम्पर्क गरेर जिल्लाको बारेमा जानकारी लिने गर्दछु । यसैगरि देशभरिका भुमिहिन, सुकुम्बासी, मुक्त कमैया, कमलरी, हलिया, मजदुर, किसानका अगुवाहरुका नेताहरुसंग राहत पाए नपाएको अवस्थाको बारेमा जानकारी लिने गर्दछु ।

पश्चिम नेपालबाट काठमाडौं अध्ययन गर्न आएका विद्यार्थी, मजदुर हरुको अवस्था बुझ्ने र उनिहरुको समस्या समाधान गरिरहेको छु, कतिपय मजदुरलाई आफ्नै व्यक्ति सहयोग गर्ने गरेको छु भने कतिपयलाई सरकार र स्थानीय जनप्रतिनिधिहरुसंग समन्वय गरेर सहयोग गर्ने बतावरण मिलाउदै आएको छु । त्यसैगरी अलपत्रपरेका मजदहरुलाई गन्तव्यसम्म पुर्याउनका लागी सम्बन्धित निकायमा समन्वयको काम गरिरहेको छु । यसरी कामपछि फुर्सदको समयमा मेरो कोर्षको कितावहरु अध्ययन गर्ने गर्दछु । त्यसैगरि कोरोना सम्बन्धि विभिन्न आलेख, समाचारहरु पढ्ने, विभिन्न साहित्य पुस्तकहरु पढ्ने गरिरहेको छ । यसैगरि बचेको समयमा छिटफुट साहित्यि सिर्जना गर्ने र मेरो घरबेटि भनुकी मेरो अत्यन्त मिल्ने साथी एवं समाजसेवि सुष्मा राइसंग शारिरक स्वास्थ्यका लागि एकछिन नाच्ने र गाउने गरेर मेरो दैनिकी वितिरहेको छ ।

सुदिप गौतम
संचारकर्मी

विश्वमा कोरोना भाइरसको महामारी दिनानुदिन बढी रहेको छ । विश्वका स्वास्थ्य तथा अन्य दृष्टिले शक्तिशाली देशहरुलाई समेत यसको संक्रमणले थिलोथिलो पारिरहेको छ । विश्वको स्वास्थ्य क्षेत्रलाई नै चुनौती दिने गरि आएको यस प्रकारको भाइरसको संक्रमणबाट नेपाल पनि अछुत रहन सकेन । नेपालमा कोरोना भाइरसको संक्रमणबाट आउन सक्ने सम्बावित महामारीबाट पूर्व सतर्कता अपनाउन नेपाल सरकारले नेपालमा लकडाउन घोषणा गर्यो । लकडाउन घोषणा पश्चात अहिले म मेरो पुर्खेउली थलो दाङको हापुरमा छु ।

शहर छिरेको बर्षौं पछी फेरी गाउँ फर्कदा एकदमै फरक अनुभूति भएको छ । यतिबेला म गाउँमा पुरै गाउँको बासिन्दा भएको छु । म गाउँको घरमा आएपनि वाहिरतिर हिड्न पुरै बन्द गरेको छु । हाल सम्म कुनैपनि औषधि पत्ता लाग्न नसकेको यो रोगको रोकथामको एउटा मात्र विकल्प भौतिक दुरी कायम राख्ने भएकाले मैले यसको पूर्ण पालना गरेको छु । म संधै जसो विहान ६ बजे नै उठ्छु । ६ बजेदेखि ७ बजेसम्म रेडियो सुन्छु र विभिन्न अनलाइनहरुमा समाचार हेर्छु । ७ बजेदेखि ८ बजेसम्म नियमित शारीरिक अभ्यास गर्छु । ८ बजेदेखि साढे १० बजेसम्म टिभीमा रामायण सिरियल हेर्छु । दिउसो २ बजेसम्म आराम गर्छु र फेसबुक लगायत सामाजिक सञ्जालमा सक्रिय हुन्छु ।

२ बजेदेखि ४ बजेसम्म दुई घण्टा पुराना पुस्तक पढ्छु । ४ बजेदेखि ७ बजेसम्म तीन घण्टा बारीमा बिताउँछु । वेलुका १ घण्टा नियमित लेख्छु र बाँकी समय टिभि हेर्ने र सामाजिक संजालमा अलमलिने हो । लकडाउनका कारण मलाई खासै कुनै समस्या भएको छैन । विहान कलेज जानू नपर्दा अलि ढिलो उठ्ने वानि परेकोछ । तर आफ्नो कोर्षको पुस्तक पढ्ने र लेख्ने प्रसस्त समय पुगेको छ । साथसाथै बारीमा तरकारी रोप्ने बिरुवाका कलम बनाउने जस्ता मेरा सानैदेखिका रुचिका काम गर्न पाएको छु । अलिकति झ्याउलागेको छ । बिहान साथीभाइसँग चिया पिउन पाइएको छैन । मेवाडको चियापानको रमाईलोलाई ज्यादै सम्झने गर्छु । त्यो समय त फेरी आइहाल्छ । तर अहिलेको समय भनेको सबैले होम क्वारेन्टाइनमा बसेर कोरोना बिरुद्दको लडाई जित्ने हो । त्यसैले कसैलाई पनि अनावश्यक बाहिर ननिस्कन अनुरोध गर्दछु ।

नरेन्द्र पुन
सामाजिक अभियनता

अहिले विश्वमा कोरोना भाइरसको संक्रमण भएर विश्वकै स्वास्थ्य क्षेत्रमा बिकराल अवस्था आएको छ । बिज्ञानले दिनानुदिन नयाँ नयाँ कुराको आविष्कार गरेर यो ब्रम्हाण्डलाई आफ्नो काबुमा राखेको वर्तमान अवस्थामा कोरोना भाइरसको कुनै औषधि पत्ता नलाग्नु मेडिकल बिज्ञान कै ठुलो चुनौतीको बिषय हो ।

महामारीको यस्तो विसम परिस्थितिमा नेपालले पूर्व साबधानी अपनाउने भन्दै गरेको लकडाउनको मैले पनि पूर्ण रुपमा पालना गरेको छु । तर आफैमा सामाजिक अभियनता हुनुको नाताले यो बिकराल परिस्थितिमा म आफ्नो घरमा सेल्फ क्वारेन्टाइनमा मात्र बस्न सकेन । मलाइ कोरोना भाइरसले मानव समाजमा पार्ने समस्या संगै लकडाउनका कारण मजदुरी गर्न नपाएका मजदुरहरुको चुल्हो बल्यो कि बलेन भन्ने चिन्ताले पनि सताउने गरेको छ । त्यसैले म त्यस तर्फपनि आफु अपडेट हुने गरेको छु ।

लकडाउन कै समयमा जिल्लामा ब्लडको अभाव भएको थाहा पाए लगतै त्यसको जोहो गर्न तर्फ लागे र ब्लड बैंकलाई आवश्यक ब्लड जोहो गरेर केहि पोइन्ट स्टक पनि गर्न सफल भए । त्यसपछि जिल्लामा महामारी आएपछि हुन सक्ने सम्बावित भयावह स्थितिको पूर्व तयारी स्वरूप राष्ट्रिय आविस्कार केन्द्रले तयार गरिरहेको पिपिइ केन्द्रका प्रमुख महाबिर पुन दाई सँग अनुरोध गरेर जिल्लामा ३४ थान पिपिई मगाए । र ति पिपिइहरु दाङ जिल्लाका प्रमुख जिल्ला अधिकारी मार्फत कोरोना भाइरसको संक्रमण भएका बिरामी बोक्न खटिएका एम्बुलेन्स चालकलाई हस्तान्तरण गरियो । अनि आफ्नो गाउँघरका दुखि पीडित जसको छाक बसेको छ त्यस्ता पीडितलाई सक्दो सहयोग गरेर बसेको छु । दैनिकी त त्यस्तै हो बिहान प्राय ६ बजे उठ्छु । नित्यकर्म पछी सामान्य शारीरिक व्यायाम घरमै गर्छु । चिया पिउछु । समाचार हेर्ने र सामाजिक संजाल तिर अपडेट हुने । यतिकैमा कहिँ कतै केहि समस्या परेमा त्यसतर्फ जाने नत्र समाचार सुन्दै हेर्दै घरमै बसेको छु । फुर्सद भएर पनि होला अलि बढि समय सामाजिक संजालमा पनि बिताउने गरेको छु ।

प्रेम गौतम
युवा व्यावसायी

कोरोना भाइरसले विश्वमा फैलाएको महामारीका कारण यतिबेला नेपालमा पनि लकडाउन छ । कलडाउनमा सबैले जस्तो मैले पनि ब्याबसाय बन्द नै गरेको छु । पहिले एक हप्ताको लकडाउनमा समय बिताउन अलि अत्यास लागेपनि पछिल्लो समय घोराही बजारमा मासुजन्य पदार्थको होमडेलिभरी गर्ने जिम्मा लिएपछि म पनि त्यसमै ब्यस्त छु । बिहान सधैं जस्तो साढे ५ बजे उठ्ने गर्दछु ।

करिब १ घन्टाको शारीरिक व्यायाम पछी चिया खाजा खाएर घुम्ती सेवामा जान्छु । अनि १२ बजेतिर फर्केर घरमा आएर खाना खाने करिब २ घण्टा घरमै आराम गरेपछि फेरी घुम्ती सेवामा जान्छु र साझ ८ बजेतिर घर फर्किन्छु । अनि खाना खाएर दिनभरका समाचार हेर्छु । अलि अलि सामाजिक संजाल पनि हेर्छु । कोरोनाका कारण ब्याबसाय बन्द भएपनि घुम्ती सेवा मार्फत आम नगरबासीहरुलाई सेवा गर्न पाइएको छ । यसमै खुसि छु । र यस्तो विसम परिस्थितिमा सबैलाई घरमै बसेर कोरोना भाइरस बिरुद्ध लड्न अनुरोध पनि गर्दछु ।

रुपेश नेपाली
मजदुर

म ज्याला मजदुरी गरेर आफ्नो र परिवारको दैनिक गर्जो टार्ने व्यक्ति हौँ । यतिबेला देशमा कोरोना भाइरस रोग आएको छ । त्यसैले जताततै बन्द भएको छ । बन्द भएपछी कतै काम चलेको छैन । दिनभर काम गरेर साझ बिहान छाक टार्ने हामी जस्ता मजदुरहरुको लागि काम नचल्नु दुर्भाग्य हो । एक दिन मात्र काम पाएनौ भने हामी परिवारको पेट भर्न सक्दैनौ । अहिले त यत्रो २२/२३ दिन भैसक्यो । कुनै काम गर्न पाइएको छैन । यसरी कामै नगर्दा त हामीलाई खाने कुराकै चिन्ता हुन्छ ।

यहि ज्याला मजदुरी गरेर पालिने मा जस्ता हजारौं परिवारलाई अब खानाको समस्या हुने अवस्था आएको छ । बिहान सधैं जस्तो ५ बजे नै उठिन्छ । अनि के गर्नु खाने कुरापनि केहि हुदैन । हामी जस्ता मजदुरी गर्नेको यस्तो हालत छ । काम चलेको बेला त शारीरिक दु:ख भएपनि भोकै बस्ने पीडा त हुदैनथ्यो । तर आजकाल त झनै उल्टो भोकले मरिन्छ कि भन्ने पीडा भएको छ ।

खाना सकिएको कति दिन भैसक्यो । यहि खोले बनाएर खाने हो । कहाँ कहाँ त राहत पनि पाइन्छ रे । त्यो पनि टाँठाबाठाका लागि त होला । काम पनि छैन । दिनभर बस्ने साझ बिहान के खाने भन्ने चिन्ताले सताउछ । अनि साझ त्यस्तै सुत्ने यसरी नै बितेको छ दिन । रोगले भन्दापनि बरु खान नपाएर भोगले पो मरिन्छ कि ! राहत कहिले पाइन्छ ?

loading…

भर्खरै प्रकाशित

घोडाबाट लडेर कर्णालीका मुख्यमन्त्री शाही घाइते, हेलिकप्टरबाट उद्धार

शुक्रबार हुम्ला पुगेका कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही आज सदरमुकामबाट सिमकोट गाउँपालिका वडा नं ३ को तोर्पा, बरगाउँदै हुँदै लिमाटाङ्ग जाने क्रममा हुडी गाउँ र…

मितेरी हस्पिटलमा प्रसुति सहितको अप्रेसन सेवा सुरु

हिमाली पत्रिका  २१ कार्तिक, घोराही।  दाङको घोराही स्थित मितेरी हस्पिटलमा प्रसुति सहितको अप्रेसन सेवा सुरु गरिएको छ। नयाँ व्यवस्थापन सहित विशेषज्ञ सेवा प्रदान गर्न सुरु…

पत्नी वियोगमा रहनुभएका महरालाई राष्ट्रपति सहित शीर्ष नेतृत्वबाट समवेदना

२१  कार्तिक, घोराही  । पत्नी वियोगमा रहनुभएका पूर्वसभामुख कृष्णबहादुर महरालाई राष्ट्रपति विद्यादेवी भण्डारी सहित शीर्ष नेतृत्वले समवेदना प्रकट गर्नुभएको छ । विभिन्न शीर्ष नेताहरुले महरालाई…

कोभिड १९ र जैविक कृषिका निम्ति देखा परेका अवसर

माधव केसी  चिनका युहान प्रान्तमा ३१ डिसेम्बर २०१९ मा कोरोना भाइरस (कोभीड-१९) प्रथम पटक देखापरेसंगै विश्वव्यापी महामारीका रुपमा फैलिएको यस रोग नेपालमा असर पुर्याउन थालेको सात…

विदेशी च्यानल भए विज्ञापनमुक्त, क्लिन फिड नहुनेको प्रसारण बन्द

काठमाडौं । शुक्रबारबाट नेपालमा प्रसारण हुने विदेशी टेलिभिजन च्यानलमा क्लिन फिड लागू भएको छ । सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले म्याद नसार्ने अडान लिएपछि ऐनद्वारा…