दाङमा बाहिरको तरकारी, फलफूल ल्याउन र यहाँबाट पठाउन बन्देज गरौं


सविन प्रियासन

यतिबेला विश्वमा नै कोरोना भाइरसको संक्रमण बढिरहेको छ । नेपालमा अहिलेसम्म यसले भयावह अवस्था सिर्जना नगरेको भएपनि हामीले सावधानी अपनाउन सकेनौ भने यसले नेपालमा पनि वितण्डा मच्चाउने छ भन्नेमा शंका छैन ।

यतिबेला हाम्रो छिमेकी मुलुक भारतमा कोरोनाले क्रमशः वितण्डा मच्चाउन सुरु गरेको छ । कोरोना संक्रमण नहोस भनेर नेपाल भारत दुबैले सिंगो मुलुकलाई लकडाउन गरेका छन् । तर अत्यावश्यक सामाग्रीहरु ढुवानी गर्न भने दुबै देशले खुल्ला गरेका छन् ।

अत्यावश्यक सामाग्रीमा विशेष गरी खाद्य, औषधीहरु पर्छन् । मानिस चामल, दाल, पानी मात्र खाएर पनि बाँच्न सक्छन् । यस्तो अवस्थामा तरकारी, फलफूल उपयोग गर्नुपर्छ भन्ने छैन ।

कोरोनाको संक्रमणको सवालमा खाद्यबस्तु भन्दा तरकारी, फलफूलबाट फैलने बढि सम्भावना हुने भएकाले अहिलेको अवस्थामा बाहिरी जिल्लाबाट समेत यस्ता कुराहरुको आयात गर्नु हुँदैन । त्यसै माथि दाङमा प्रशस्त मात्रामा तरकारी उत्पादन हुन्छ । यदि अहिलेको अवस्थामा दाङमा उत्पादन गरिएका तरकारीहरु बाहिर जान नदिने हो भने यहाँका जनतालाई सजिलै त्यसले महिनौ सम्म पुग्नेछ ।

यहाँ मैले यस्तो कुरा गरिरहँदा नेपालभित्रकै जिल्लाबाट किन तरकारी, फलफूलहरु ढुवानी नगर्ने भनेर प्रश्न चिन्ह उठाउनेहरु पनि धेरै होलान् ? तर म सबैसँग विनम्रता पूर्वक के अनुरोध गर्न चाहन्छु भने अहिलेको जटिल अवस्थामा एक वडाबाट अर्को वडासँगको सहकार्य तोड्नुपर्ने अवस्थामा तरकारी र फलफूल अर्को जिल्लाबाट ल्याउने, लग्ने भन्ने कुरा हुन सक्दैन ।

तपाई हाम्रो एउटा मात्र असावधानीले भोली जिल्लाले ठूलो क्षति व्यहोर्नु पर्ने हुन सक्छ । त्यसैले मेरो विचराण्मा यतिबेला बाहिरी जिल्लाबाट समेत तरकारी ल्याउनु र पठाउनु हुँदैन । हामीले यो भनि रहँदा भारतबाट तरकारी ल्याउने कुरा सरासर जनतालाई सन्त्राशमा राख्ने, समस्या सिर्जना गर्ने कुरा हो ।

गाउँमा रहेका किसानहरुका उत्पादनहरु खेतबारीमा कुहिने अवस्था छ । तर भारतमा उत्पदन भएका तरकारी फलफूलहरु सहजरुपमा जिल्ला आउँछन् भने यो भन्दा विडम्वना अरु हुन सक्दैन । यदि यस्तो कार्य कसैले गर्छ भने तत्काल उसलाई कारवाही गर्नुपर्छ ।

स्थानीय सरकार, यहाँका व्यवसायीक संगठनहरुले यी र यस्ता कुराहरुलाई निर्मूल बनाउने सवालमा प्रभावकारी भूमिका खेल्न नसक्ने हो भने भोलिको भयावहलाई हामी कसैले थेग्न सक्ने छैनौं

loading...
loading…

भर्खरै प्रकाशित

चर्चित गायिका कला लम्सालको तहल्का मच्चाउने तीज गीत बजारमा (…

केएम निष्ठुरी गत बर्षको तीजमा तहल्का मच्चाएको सुपरहिट तीज गीत पातली को अत्याधिक सफलता पछी चर्चित गायीका कला लम्सालले यस बर्षको तीजको कोसेली पातली २…

तिलोत्तमामा बुद्धको मुर्तिपछी अहिले इस्टोनियाको रुख काटियो

१९ असार,  बुटवल । बुटवल भैरहवा सिद्धार्थ राजमार्ग अन्तर्गतको तिलोत्तमा नगरपालिकाले लगाएको बाटो डिभाइडरमा रहेको इस्टोनियाको रुखहरु गएराती अज्ञात समूहद्वारा काटिएको छ । मणिग्राम चोकदेखि…

भारतले लगायो टिकटक सहित ५९ चाइनिज एप माथि प्रतिबन्ध

बुटवल, भारत सरकारले ले भारतमा निकै चर्चित एप टिकटक सहित ५९ एप मा प्रतिबन्ध लागाएको छ प्रतिबन्ध हुनेमा चाइना संग लिंक हुने सबै एप हरु…

पाल्पाको निस्दिमा ९३ जनामा कोरोना पुष्टि

११ असार, बुटवल । पाल्पाको निस्दिमा  थप ९३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । चितवनस्थित भरतपुर अस्पतालको कोभिड–१९ प्रयोगशालामा गरिएको परीक्षणमा निस्दिका विभिन्न क्वारेन्टिन…

दाङमा संक्रमितको संख्या बढ्न थालेपछि थप सावधानी अपनाईयो, भोलिदेखि ५…

दाङ । दाङमा कोरोना संक्रमितहरुको संख्या बढ्न थालेपछि थप साबधानि अपनाइने भएको छ । भोलि असाढ ४ गतेदेखि लागू हुने गरी दाङका सबै बजारहरु साँझ…