पूर्वसभामुख महराद्वारा विपद् व्यवस्थापन कोषमा एक सय बोरा चामल जम्मा


दाङ । पूर्वसभामुख कृष्णबहादुर महराले जिल्ला विपद् व्यवस्थापन कोष दाङमा १ सय बोरा चामल जम्मा गर्नुभएको छ । बिहीवार महराका स्वकीय सचिव प्रमोद शर्माले प्रमुख जिल्ला अधिकारी गोविन्द रिजाललाई उक्त चामल बुझाउनु भएको हो ।

कोरोना भाइरस (कोभिड– १९)ले विश्वलाई नै आक्रान्त बनाएको बेला नेपाल पनि अछुतो छैन । मुलुक यतिबेला लकडाउनमा रहेको र विपन्न परिवार, ज्यालादारी गर्ने मजदूर र विभिन्न कारणले चुलो नै लक्ड हुने अवस्थाका नागरिकहरुलाई उक्त चामल जिल्ला विपद् व्यवस्थापन समितिले आवश्यकताअनुसार वितरण गर्ने बताइएको छ ।

पूर्वसभामुख तथा दाङ क्षेत्र नं. २ का सांसद महराले पहिलो चरणमा जिल्लामा आइपर्ने विपन्न तथा ज्यालादारी मजदूरहरुको छाक नबसोस भनेर जिल्ला विपद व्यवस्थापन कोषमा १ क्वीन्टल चामल उपलव्ध गराएको बताउनु भयो ।

‘कोरोना संक्रमणले यतिबेला मुलुकलाई छोएको मात्र छ’, महराले भन्नुभयो, ‘भोलि महामारीले झनै उग्ररुप लिन पनि सक्छ । त्यसकारण म अब दोस्रो चरणका लागि पीपीई, मास्क, औषधि, सेनिटाइजर लगायतका स्वास्थ्य सामग्री जुटाउने अभियानमा छु ।’

loading…

भर्खरै प्रकाशित

भागरथी हत्या प्रकरण : कक्षा ११ मा पढ्ने विद्यार्थी पक्राउ

४ फागुन, काठमाडौं । बैतडीको दोगडाकेदार गाउँपालिका–७ की १७ वर्षीया किशोरी भागरथी भट्टको बलात्कारपछि हत्या गरेको अभियोगमा उनी अध्ययन गर्ने विद्यालयका एक विद्यार्थी पक्राउ परेका…

भारतमा कोरोनाविरुद्ध खोप अभियान, पहिलो दिन २ लाख जनाले लगाए…

भारतमा सुरु कोरोनाविरुद्ध खोप अभियानअन्तर्गत पहिलो दिन करिब २ लाख जनाले खोप लगाएका छन्। त्यहाँको केन्द्रीय स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकअनुसार शनिबार १ लाख ९१…

प्रतिगमनविरुद्ध सडकमा उत्रनुको विकल्प छैन: महरा

दाङ। नेपाल कम्युनिष्ट पार्टी (प्रचण्ड–माधव पक्ष)का नेता कृष्णबहादुर महराले प्रतिनिधिसभा विघटनविरुद्ध जनताको ठूलो शक्ति सडकमा आउने दावी गरेका छन्। प्रचण्ड–माधव पक्षीय दाङका अगुवा कार्यकर्ता भेलालाई…

लुम्बिनी प्रदेश प्रहरीद्धारा जातीय छुवाछुत तथा बालविवाह रोकथाम गर्न ३…

२७ पुस, दाङ । जातीय छुवाछुत तथा बालविवाह रोकथामका लागि लुम्बिनी प्रदेश प्रहरीले तीन महिने अभियान सञ्चालन गरेको छ । अभियान अन्तर्गत समुदायमा हुने जातीय…

घोडाबाट लडेर कर्णालीका मुख्यमन्त्री शाही घाइते, हेलिकप्टरबाट उद्धार

शुक्रबार हुम्ला पुगेका कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही आज सदरमुकामबाट सिमकोट गाउँपालिका वडा नं ३ को तोर्पा, बरगाउँदै हुँदै लिमाटाङ्ग जाने क्रममा हुडी गाउँ र…