पीके निर्माणसेवाद्वारा नेकपा दाङले शुरु गरेको राहत कोषमा ५० बोरा चामल सहयोग

घोराही । पीके निर्माण सेवा प्रालिले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाङले स्थापना गरेको कोरोना राहत संकलन कोषमा ५० बोरा चामल सहयोग गरेको छ। पीके निर्माण सेवाका प्रतिनिधि दिपेश पोख्रेलले आज उक्त सहयोग नेकपा दाङको उद्योग विभागलाइ हस्तान्तरण गर्नुभएको हो। 

‘लामो समयको लकडाउनका कारण छाक टार्न समस्या परेकाहरुलाई सहयोग गर्न पाउनु खुशीको कुरा हो।’, कम्पनीका प्रतिनिधि पोख्रेलले भन्नुभयो, ‘फेरी पनि आवस्यक परे हामी विपन्न परिवारलाइ जस्तोसुकै सहयोग गर्न तयार छौं।’ 

यसअघि  घोराही उपमहानगरपालिका वडा नम्बर १५ संग समन्वय गरेर  विपन्नवर्गलाइ राहत स्वरुप रु २५ हजार सहयोग गरिसकेको पीके निर्माण सेवाले आवस्यक परे भविष्यमा अझ धेरै सहयोग गर्ने कम्पनीका प्रबन्ध निर्देशक प्रकास विस्वकर्माले बताउनुभयो ।

लकडाउनका कारण दैनिक गुजारा चलाउन समस्यामा परेका अति विपन्न परिवारलाइ सम्भावित खाद्य संकट पूर्ती गर्न नेकपा दाङ उद्योग विभागले भिन्न स्थानबाट राहत संकलन गर्दै आएको छ ।  सो राहत स्थानीयतह मार्फत विपन्न वर्गका जनतालाई प्रदान गरिने  नेकपा उद्योग विभागले जनाएको छ। 

loading...
loading…

भर्खरै प्रकाशित

चर्चित गायिका कला लम्सालको तहल्का मच्चाउने तीज गीत बजारमा (…

केएम निष्ठुरी गत बर्षको तीजमा तहल्का मच्चाएको सुपरहिट तीज गीत पातली को अत्याधिक सफलता पछी चर्चित गायीका कला लम्सालले यस बर्षको तीजको कोसेली पातली २…

तिलोत्तमामा बुद्धको मुर्तिपछी अहिले इस्टोनियाको रुख काटियो

१९ असार,  बुटवल । बुटवल भैरहवा सिद्धार्थ राजमार्ग अन्तर्गतको तिलोत्तमा नगरपालिकाले लगाएको बाटो डिभाइडरमा रहेको इस्टोनियाको रुखहरु गएराती अज्ञात समूहद्वारा काटिएको छ । मणिग्राम चोकदेखि…

भारतले लगायो टिकटक सहित ५९ चाइनिज एप माथि प्रतिबन्ध

बुटवल, भारत सरकारले ले भारतमा निकै चर्चित एप टिकटक सहित ५९ एप मा प्रतिबन्ध लागाएको छ प्रतिबन्ध हुनेमा चाइना संग लिंक हुने सबै एप हरु…

पाल्पाको निस्दिमा ९३ जनामा कोरोना पुष्टि

११ असार, बुटवल । पाल्पाको निस्दिमा  थप ९३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । चितवनस्थित भरतपुर अस्पतालको कोभिड–१९ प्रयोगशालामा गरिएको परीक्षणमा निस्दिका विभिन्न क्वारेन्टिन…

दाङमा संक्रमितको संख्या बढ्न थालेपछि थप सावधानी अपनाईयो, भोलिदेखि ५…

दाङ । दाङमा कोरोना संक्रमितहरुको संख्या बढ्न थालेपछि थप साबधानि अपनाइने भएको छ । भोलि असाढ ४ गतेदेखि लागू हुने गरी दाङका सबै बजारहरु साँझ…