स्वास्थ्य कार्यालय दाङको सक्रियता, घुम्ती सेवाबाटै कोरोना परीक्षण

केशरमान बुढाथोकी

दाङ । कोरोना भाइरसको परीक्षण गर्न जिल्ला स्वास्थ्य कार्यालय दाङले आफ्नो सक्रियता ह्वात्तै बढाएको छ ।

विश्वलाई कोरोना भाइरसले आक्रान्त बनाएका बेला जिल्लालाई कोरोना भाइरसमुक्त बनाउनका लागि देश बाहिरबाट आएका र कोरोना भाइरसको संक्रमण भएका ब्यक्तिसँग सम्पर्क भएकालाई कोरोना भाइरस परीक्षण गरिएको जिल्ला स्वास्थ्य कार्यालय दाङकी प्रमुख सुनिता पौडेलले जानकारी दिनुभयो । घु

म्ती परीक्षणमार्फत जिल्ला स्वास्थ्य कार्यालय दाङले गरेको परीक्षणमा जिल्लामा २७ जनाको कोरोना भाइरस नेगेटिभ देखिएको छ । जिल्लाका घोराही उपमहानगरपालिकाका ११ जना, तुलसीपुर उपमहानगरपालिकाका १० जना, शान्तिनगर गाउँपालिकाका ६ जना शंकास्पद ब्यक्तिहरुको स्वास्थ्य परीक्षण गरिएको प्रमुख पौडेलको भनाई छ ।

जिल्लामा कोरोना भाइरस नेगेटिभ देखिनु सुखद खबर भएपनि कुनै दिन बाहिरबाट आएका ब्यक्तिहरुका कारण महामारीले उग्र रुप लिनसक्ने प्रमुख पौडेलले बताउनुभयो ।

कोरोना भाइरसको सम्भावित खतराबाट बच्नका लागि सरकारले तोकेको लकडाउन अनुशासित भएर पालना गर्न पनि प्रमुख पौडेलले आम दङ्गालीलाई आग्रह गर्नुभयो ।

loading...
loading…

भर्खरै प्रकाशित

चर्चित गायिका कला लम्सालको तहल्का मच्चाउने तीज गीत बजारमा (…

केएम निष्ठुरी गत बर्षको तीजमा तहल्का मच्चाएको सुपरहिट तीज गीत पातली को अत्याधिक सफलता पछी चर्चित गायीका कला लम्सालले यस बर्षको तीजको कोसेली पातली २…

तिलोत्तमामा बुद्धको मुर्तिपछी अहिले इस्टोनियाको रुख काटियो

१९ असार,  बुटवल । बुटवल भैरहवा सिद्धार्थ राजमार्ग अन्तर्गतको तिलोत्तमा नगरपालिकाले लगाएको बाटो डिभाइडरमा रहेको इस्टोनियाको रुखहरु गएराती अज्ञात समूहद्वारा काटिएको छ । मणिग्राम चोकदेखि…

भारतले लगायो टिकटक सहित ५९ चाइनिज एप माथि प्रतिबन्ध

बुटवल, भारत सरकारले ले भारतमा निकै चर्चित एप टिकटक सहित ५९ एप मा प्रतिबन्ध लागाएको छ प्रतिबन्ध हुनेमा चाइना संग लिंक हुने सबै एप हरु…

पाल्पाको निस्दिमा ९३ जनामा कोरोना पुष्टि

११ असार, बुटवल । पाल्पाको निस्दिमा  थप ९३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । चितवनस्थित भरतपुर अस्पतालको कोभिड–१९ प्रयोगशालामा गरिएको परीक्षणमा निस्दिका विभिन्न क्वारेन्टिन…

दाङमा संक्रमितको संख्या बढ्न थालेपछि थप सावधानी अपनाईयो, भोलिदेखि ५…

दाङ । दाङमा कोरोना संक्रमितहरुको संख्या बढ्न थालेपछि थप साबधानि अपनाइने भएको छ । भोलि असाढ ४ गतेदेखि लागू हुने गरी दाङका सबै बजारहरु साँझ…