पालिकामै र्‍यापिड टेस्ट : विदाको दिनमा पनि काम गर्दै स्वास्थ्य कार्यालय दाङको टोली

दाङ ६ , बैशाख । पछिल्लो समय नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या तिव्र रुपले बढ्न थालेपछि देशैभर परिक्षणको दायरा फराकिलो बनाइएको छ। दाङमा जिल्ला स्वास्थ्य कार्यालयको एउटा टोली विदाको दिनमा पनि र्‍यापिड डाइग्नोस्टिक टेस्ट तीव्रताका साथ गरिरहेको छ।

कोरोना भाइरसको संक्रमणलाई नियन्त्रण गर्न अत्याधिक मात्रामा र्‍यापिड टेस्ट गर्नुपर्ने निष्कर्ष सहित जिल्ला स्वास्थ्य कार्यालय दाङको टोलीले प्रत्येक पालिकामै पुगेर र्‍यापिडटेस्ट गर्ने अभियान चलाएको जिल्ला स्वास्थ्य कार्यालय दाङका प्रमुख सुनिता पौडेलले बताउनुभयो ।

त्यस्तै कोरोना भाइरसबाट नेपाललाई मुक्त गर्ने अभियानमा प्रत्येक पालिकाले अग्रसरता देखाउनुपर्ने भन्दै प्रमुख पौडेलले सबै पालिकाहरु आफ्ना नागरिकहरुलाई सचेत गर्दै र्‍यापिड टेस्ट गर्नुपर्ने बताउनुभयो ।


प्रमुख पौडेलका अनुसार यसै अभियान अन्तर्गत शनिबार दाङको बंगलाचुलीमा जिल्ला स्वास्थ्य कार्यालयको टिमले शंकास्पद १० जनालाई र्‍यापिड टेस्ट गरेको छ । जस मध्य सबैजनाको रिपोर्ट नेगेटिभ आएको छ।

दाङ जिल्लालाई कोरोना भाइरस मुक्त बनाउनका लागि शंकास्पद ब्यक्तिगरु भएको सूचना पाए लगतै स्वास्थ्य कार्यालयको प्राबिधिक टोली गाँउमै पुगेर र्यापिड टेस्ट गर्न थालेको हो।

loading…

भर्खरै प्रकाशित

लुम्बिनी प्रदेश : प्रदेशको राजधानी भएपछि तमसुक बनाउँदै महंगोमा जग्गा…

काठमाडौं । लुम्बिनी प्रदेशको राजधानी घोषणा हुनासाथ काठमाडौं बस्दै आएका नेकपाका एक नेताका नातेदार दाङको देउखुरी पुगे । उनले मजगाउँ भन्ने स्थानमा १३ कठ्ठा जग्गा…

मितेरी अस्पताल अब नयाँ व्यावस्थापनका साथ संचालन हुने

बिगत पाँचवर्ष देखि दाङ घोराहीको नवलपुरमा संचालित मितेरी अस्पताल अब  नयाँ व्यावस्थापनका साथ संचालन हुने भएको छ।  दाङ जिल्लावासी लगाएत साविक राप्ती अञ्चलका विभिन्न  बासिन्दाहरुलाई…

नारायणी किनारमा भोकाहरूलाई खान्की

चितवन — नारायणगढको नारायणी नदी किनारमा साँझ–बिहान राम्रै चहलपहल हुन्छ । तर अचेल यहाँ मध्याह्नको चर्को घाममा पनि मानिसहरू जम्मा हुन थालेका छन् । काखे नानीसहितका महिला,…

आम जनसमुदायको भावना अनुसार पार्टी एकताको दिशामा गएको हो :…

निर्मल आचार्य ‘विमल’ केन्द्रीय सदस्य नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य निर्मल आचार्य ‘विमल’ कुनै नेताको प्रस्ताव र चाहनामा नभएर…

चर्चित गायिका कला लम्सालको तहल्का मच्चाउने तीज गीत बजारमा (…

केएम निष्ठुरी गत बर्षको तीजमा तहल्का मच्चाएको सुपरहिट तीज गीत पातली को अत्याधिक सफलता पछी चर्चित गायीका कला लम्सालले यस बर्षको तीजको कोसेली पातली २…