२१ वर्षपछि साझा स्वास्थ्य सेवाको औषधि पसल प्रतिष्ठानद्वारा बन्द, नागरिक समाजको बिरोध

दाङ । जिल्ला सदरमुकामस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान परिसरमा रहेको साझा स्वास्थ्य सेवा २२ वर्षपछि बन्द भएको छ । चैत मसान्तको दिन प्रतिष्ठानले परिसर प्रवेशद्वारमा सेनिटाइजर मेसिन राख्ने भन्दै साझा औषधि पसलमा जाने बाटो नै बन्द गरिदिएपछि करीव १ सातादेखि साझा औषधि पसलको सेवा लिनबाट आम सर्वसाधारण वञ्चित रहेका छन् ।

लकडाउनको अवस्थामा रहेको मौका छोपेर सस्तो र सुलभ दरमा चौबीसै घण्टा अन्यत्र नपाइने औषधिसमेत सर्वसाधारण जनतालाई बिक्रीवितरण गर्दै आएको साझा औषधि पसललाई प्रतिष्ठानले बन्द गरिदिएपछि सर्वसाधारण जनता मर्कामा त परेका छन् नै स्वयम् साझा स्वास्थ्य सेवा नै बिलखबन्दमा परेको छ ।

स्वास्थ्य सेवाको दृष्टिले यस क्षेत्रकै कोशेढुङ्गाको रुपमा हेरिएको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापनाकालदेखि नै विवाद, संशय र आशङ्काको घेरामा पर्दै आएको छ । प्रतिष्ठानले गति लिन नसक्दा र पटकपटक विवादमा फस्दै गएपछि आमजनताको आशामा तुषारापात त भएकै छ, लकडाउनको समयमा अत्यावश्यक औषधि पसलसमेत बन्द गरिएपछि प्रतिष्ठान पुनः विवादको घेरामा तानिएको छ ।

कोरोना संक्रमणमा मुलुक नै लकडाउनको घोषणा भएको संकटकालीन अवस्थामा औषधिजस्तो अत्यावश्यक सेवा बन्द गरिएपछि सर्वसाधारण मर्कामा त परेका छन् नै, उनीहरु चिन्तित पनि छन् । यद्यपि, समाजको एउटा खास तहमा स्वार्थप्रेरित र स्वार्थकेन्द्रित दन्तबझान र मत विभाजन भने सामाजिक सञ्जालमा स्पष्टै देख्न सकिन्छ । 

नागरिक समाजको बिरोध

नागरिक समाज दाङले लकडाउनको बेलामा साझा औषधि पसल बन्द गराइएको भन्दै विरोध जनाएको छ। समाजको आइतवार भिडियो कन्फ्रेन्समार्फत बसेको बैठकले तत्काल सेवा सुचारु गराउन आग्रह गरेको छ।

‘लकडाउन तथा स्वास्थ्य संकटको यस घडीमा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान परिसरभित्र रहेको साझा स्वास्थ्य सेवा बन्द छ। साझा औषधि पसल बन्द हुँदा नियमित औषधि सेवन गर्न‘पर्ने यस भेगका धेरै विरामी प्रत्यक्ष प्रभावित बनेका छन्’– बैठकको निर्णयमा भनिएको छ– ‘वैकल्पिक ठाउँ हुँदाहुँदै साझाको झ्याल, ढोका थुनिने गरी स्यानीटाइजिङ्ग टनेल राखेर यतिबेला प्रतिष्ठानले देखाएको व्यवहार गैरजिम्मेवार छ।

साझा र प्रतिष्ठानबीच जे जस्तो समस्या भए पनि यो संकटका बेला सबैखालका विमति स्थगित गरेर तत्काल साझा स्वास्थ्य सेवा सञ्चालन हुने वातावरण बनाउन प्रतिष्ठानका उपकुलपतिलाई नागरिक समाज आग्रह गर्दछ।’

त्यस्तै कोरोना परीक्षण गर्ने पिसिआर मसिन धेरै जिल्लामा जडान भई सञ्चालनमा आइसक्दा दाङमा अझै यो मसिन जडान हुन नसकेकोमा ध्यानाकर्षण गराउँदै बैठकले दाङमा पिसिआर मसिन, परीक्षण किट, पिपिइलगायतका स्वास्थ्य सामग्रीका सम्बन्धमा सबैखालका आरोप प्रत्यारोप बन्द गर्न र संकटको समयमा इगो छाडेर कामलाई तीब्रता दिन सम्बद्ध सबै पक्षलाई आग्रह गरेको छ।

‘कोरोना संक्रमितहरुको उपचारको तयारी गरिरहँदा स्वास्थ्य संस्थाहरुमा त्यस बाहेकका अन्य बिरामी, नियमित औषधि सेवन गर्न‘पर्ने विरामी, नियमित डायलासिस गर्न‘पर्ने विरामी तथा गर्भवती र सुत्केरीहरुले पाउनुपर्ने सेवा प्रभावित बनेकोतर्फ सम्बद्ध पक्षको ध्यानाकर्षण गराउँदै यस्तो त्रुटि सच्याउन र कोरोना संक्रमणको संवेदनशीलताप्रति सजग बन्दै नियमित स्वास्थ्य सेवा अवरुद्ध नहुने वातावरण बनाउन नागरिक समाज आग्रह गर्दछ’– बैठकपछि सचिव लक्ष्मी आचार्यले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

loading…

भर्खरै प्रकाशित

भारतमा कोरोनाविरुद्ध खोप अभियान, पहिलो दिन २ लाख जनाले लगाए…

भारतमा सुरु कोरोनाविरुद्ध खोप अभियानअन्तर्गत पहिलो दिन करिब २ लाख जनाले खोप लगाएका छन्। त्यहाँको केन्द्रीय स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकअनुसार शनिबार १ लाख ९१…

प्रतिगमनविरुद्ध सडकमा उत्रनुको विकल्प छैन: महरा

दाङ। नेपाल कम्युनिष्ट पार्टी (प्रचण्ड–माधव पक्ष)का नेता कृष्णबहादुर महराले प्रतिनिधिसभा विघटनविरुद्ध जनताको ठूलो शक्ति सडकमा आउने दावी गरेका छन्। प्रचण्ड–माधव पक्षीय दाङका अगुवा कार्यकर्ता भेलालाई…

लुम्बिनी प्रदेश प्रहरीद्धारा जातीय छुवाछुत तथा बालविवाह रोकथाम गर्न ३…

२७ पुस, दाङ । जातीय छुवाछुत तथा बालविवाह रोकथामका लागि लुम्बिनी प्रदेश प्रहरीले तीन महिने अभियान सञ्चालन गरेको छ । अभियान अन्तर्गत समुदायमा हुने जातीय…

घोडाबाट लडेर कर्णालीका मुख्यमन्त्री शाही घाइते, हेलिकप्टरबाट उद्धार

शुक्रबार हुम्ला पुगेका कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही आज सदरमुकामबाट सिमकोट गाउँपालिका वडा नं ३ को तोर्पा, बरगाउँदै हुँदै लिमाटाङ्ग जाने क्रममा हुडी गाउँ र…

मितेरी हस्पिटलमा प्रसुति सहितको अप्रेसन सेवा सुरु

हिमाली पत्रिका  २१ कार्तिक, घोराही।  दाङको घोराही स्थित मितेरी हस्पिटलमा प्रसुति सहितको अप्रेसन सेवा सुरु गरिएको छ। नयाँ व्यवस्थापन सहित विशेषज्ञ सेवा प्रदान गर्न सुरु…