दाङ। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) घोराही वडा नम्बर ३ वडा कमिटीले १ सय १ बोरा चामल राहत स्वरुप संकलन गरेको छ। एक महिना लामो लकडाउनका कारण छाकै टार्न समस्या भएका विपन्न परिवारका लागि नेकपा वडा कमिटीले उक्त खाद्यान्न संकलन गरेको हो।
नेकपा युवा नेता बसन्त अधिकारीको मुख्य पहलमा संकलन गरिएको १ सय १ बोरा चामल घोराही उपमहानगरपालिका वडा नं. ३ को कार्यालयमा हस्तान्तरण गरिएको छ। नेकपा घोराही तीनका वडा कमिटी अध्यक्ष सुमन रोका र युवा नेता वसन्त अधिकारीले बुधबार वडा अध्यक्ष माधब चौधरिलाइ राहत हस्तान्तरण गर्नुभएको थियो।
‘नेकपा वडा कमिटी विपतको समयमा जनताको साथमा छ, लकडाउनको अवधिमा हामी जनतालाई भोकै मर्न दिने छैनौं’, वडा कमिटी अध्य्क्ष सुमन रोकाले भन्नुभयो, ‘आवस्यक परे हामी जनताका लागि जस्तोसुकै सहयोग गर्न पनि तयार छौं।
पछिल्लो समय नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाङ जिल्ला कमिटीले जिल्लाभर राहत संकल र वितरण अभियानलाई तीव्र पारेको छ।