कथा । उनी मेरो आँखै भित्र आएको अनुभूति हुन्छ

पाण्डव शर्मा

झमक्क साँझ परिसकेकाले मलाई गाउँ पुग्न हतार थियो । शुक्रवार आफ्नो साप्ताहिक विदा भकाले विहिवार पत्रिकाको काम सकेर करिव साढे ८ बजे म अफिसबाट हिडँे । तुलसीपुर चोक पुग्दासम्म बाटोका पसल सबै जसो बन्द भइसकेका थिए । माघको पहिलो साता भएकाले मौसम निकै चिसो थियो । तुलसीपुरचोकमा पुग्दा दक्षिण तर्फको एउटा ढेव्ली भने खुला नै थियो । मोवाईलमा व्यालेन्स कम भएकाले म बाइक रोकेर रिचार्ज कार्ड किन्न पसल तर्फ हानिएँ । मोवाईलमा पैसा पुरै नसकिएको भए पनि गाउँमा रिचार्ज कार्डको अभाव हुने भएकाले रिचार्ज किन्न आवश्यक ठानेँ । रिचार्ज किनेर म वाईक तर्फ आउँदै गर्दा उताबाट सुमधुर स्वरमा आवाज आयो–
‘दाई कहाँ पुग्ने ?’

मलाई हतार भएकाले उनको प्रश्न सकिन नपाउँदै ‘पश्चिम तिर हो ?’ जवाफ फर्काएँ ।
निकै हतास मुद्रामा रहेकी उनले भनिन्–‘पश्चिम त पश्चिम कुन ठाउँ भनेको ’
‘विजौरी देखि तल जाने हो के’, म अलि झोक्किएको शैलीमा भनेँ ।
‘मलाइ एउटा हेल्प गर्न सक्नुहुन्छ’, उनको नम्र स्वरले म केही नरम भए । रातो कुर्ता सुरुवालमा सजिएकी उनी निकै आर्कषक थिइन् । आँखै धाकिने गरी बाक्लै गाजल र ओठको गाढा लिपिष्टिकले उनलाई निकै सुन्दरी देखाएको थियो । दिउँसो जस्तो स्पष्ट नदेखिए पनि पोलको वत्तिले उनको सुन्दरतालाई थप आकर्षक बनाएको थियो ।
‘के हेल्प भन्नु न’ मैले जवाफ फर्काएँ ।
उनले हेमन्तपुरसम्म आँफूलाई लिफ्ट दिन आग्रह गरिन् ।
‘गाडीमा चढेर जानुस् न’ भन्ने मेरो जवाफ सुनेर उनी अलि खिन्न देखिइन् ।
‘सबै गाडी गईसके, तुलसीपुर जाने लाष्ट गाडी पनि भर्खर छुट्यो, म गाँडीको नजिक नपुग्दै हुइकियो ।’
उनको विवरण सुनेर मलाई दया पनि लाग्यो । तर, दया लागेर के गर्नु जमाना यस्तो छ । कतै बाटोमा केही अप्ठेरो पर्ने हो भन्ने डर एकातर्फ । अर्कोतर्फ बच्चामा किच्कन्याहरुले यसैगरी झुक्याएर हिडाउँछन् भन्ने सुनेको थिएँ । तर, पसल नजिकै अरु मान्छे पनि भएकाले मेरो देस्रो आशंका भने फितलो थियो ।

अलि डराएको स्वरमा मैले भने–‘यतै कतै आफ्न्तकोमा बस्नुनस् न, रातमा नचिनेको केटा मान्छेसँग कसरी जानुहुन्छ ।’
यति भन्दै गर्दा उनको आँखा मेरो वाईकको अघि तिर दौडियो ।
‘ओहाmे तपाई पत्रकार पो हुनुहुँदो रहेछ, झन् ढुक्क भएँ म’
म लिफट् दिन अनकनाईरहेको वेला उनी भने ढुक्क देखिइन् । बाईकको अगाडी सेतो अक्षरमा प्रेस लेखेको थियो ।
‘दाई, तपाई पत्रकार हुनुहुँदो रहेछ, मलाई झन् आशा लाग्यो, प्लिज मलाई जसरी नि हेमन्तपुरसम्म लैजानुप¥यो’
पत्रकार भनेर चिनिसकेपछि मलाई लैजानै पर्ने नैतिकता खडा भयो ।
उनको अरु परिचय नसोधिकनै मैले ‘हुन्छ आउनु न त’ भनिदिएँ । वेलि विस्तार उनको वारेमा जान्न खोज्दा समय धेरै लाग्ने भएकाले म अरु जिज्ञासा बाटोमा नै सोध्ने मुडमा पुगेको थिएँ । वाईक गुडाएर रतनपुरचोकसम्म आइपुगेपछि उनले भनिन्, –‘दाई कति ढिलो बाईक चलाउनुभएको ?’
चार महिना अगाडी बाईक एक्सिडेण्ट हुँदा घाउँ परेको गालाको डाम निको नभईसकेकाले मैले वाईक साईकिलको गतिमा दौडाउने वानी बसिकसको थियो ।
‘किन हतार भयो र ? विस्तारै जाउँन’
वाईक चढिसकेपछि उनले कुराकानीको वोनि गरिसकेकाले मलाई थप कुरा बढाउँ सहज भयो ।
‘बहिनी किन घोराही आउनुभएको नि ?’
‘सामान्य भेटघाटका लागि आएको ।’
उनको जवाफ नसकिदै मेलै अर्को प्रश्न तेस्राए–
‘भेटघाटमा आएको मान्छे यति ढिला गर्छन् त ?’
मेरो प्रश्नसँगै उनले अलि रुन्चे स्वरमा भनिन्–
‘दाई, अरुको व्यक्तिगत मामिलामा चासो नराखेकै राम्रो ।’
उनको जवाफले मलाई रिसको पारो तताईसकेको थियो । एक त लिफट् दिनु, त्यहिमा पनि केही जिज्ञासा राख्दा रुखो जवाफले मलाई रिस उठ्नुपनि स्वभाविक थियो । मनलाई थामेर केही वेरसम्म बोलिनँ ।
सर्रा पुग्नै लाग्दा ‘दाई रिसाउनुभएको कि ? मैले त्यस्तो भन्न खोजेको होइन के’ उनले अलि नरम स्वरमा भनिन् ।
‘के हो त त्यसो भए ?’

‘अदालत गएको थिएँ, वोकिलहरुसँग केही छलफल गर्नुपर्ने भएकाले वेलुकासम्म बसँे, कुरा लम्विएकाले रात परेको हो के ।’
उनको वारेमा थप जिज्ञासा राख्दा धेरै कुरा थाहा भयो ।
उनको नाम रहेछ स्मृति बस्नेत । वाउले आमको मृत्युपछि दोस्रो विहे गरेकाले सानै देखि अरुको घरमा काम गर्दै आएकी रहेछन् । पछि गाउँ नजिकैका एक जनासँग प्रेम बसेछ ।
प्रेम विवाहमा परिणत भएपछि उनीहरु साथै बस्न थालेछन् । घरको आर्थिक अबस्था कमजोर भएकाले उनी तीन वर्षे छोरा छोरा छाडेर इजरायल पुगेकी रहेछन् । विदेशको कमाई सबै श्रीमानको नाममा पठाएपछि उनले धोखा पाइछन् । घर आइपुग्दा बुढाले अर्की श्रीमती ल्याएका रहेछन् ।

‘आठ लाख रुपैयाँ पठाएको थिए नि दाई तर मेरोले सबै पैशा लुकायो, घर आउँदा त अर्की भित्र्याईसकेको रहेछ ।’
त्यहि पनि उनी सौताको साथमा बसेकी रहिछन् । श्रीमानको दिन रातको यातना र सौताको रुखो व्यवहारले उनलाई आजित बनाइसकेको रहेछन् । पीडा सहन नसकेर उनी त्यहि घरको अर्को कोठामा छोरसँग बस्न थालिछन् । अहिले अंश मुद्दाका लागि जिल्ला अदालमा मुद्दा चलिरहेको उनले बताईन् । मुद्दा चल्न थालेको दुई वर्ष भएछ । श्रीमानले सबै सम्पत्ति कान्छि श्रीमतीको आमाको नाममा गरिसकेकाले कानूनी प्रक्रिया पूरा गर्न निकै अप्ठेरो परेको रहेछ ।

उनका सबै वेदना सुनेर मैले उनलाई म केही सहयोग गर्न सक्छु कि भनेर सान्त्वना दिएँ ।
‘के गर्नुहुन्छ र दाई म जस्तो दुःखीलाई ।’– उनले जवाफ फर्काइन् ।
‘म यो विषयमा समाचार बनाउँछु’
मेरो कुरा सुन्ने वित्तिकै उनले भनिन्–‘समाचार लेखेर के हुन्छ र ?’
‘समाचारले आँफैमा गर्न त केही गर्दैन तर, काम नगर्नेहरुलाई काम गर्न दवाव दिन्छ ।’
यति कुरा गर्दा गर्दै हामी वेलझुण्डिी पुगिसकेका थियौं । उनले भोली भेटेर कुरा गर्ने वाचा गरिन् । शुक्रवार घरै बस्ने भएकाले मैले ‘नाई शनिवार भेटौंला’ भन्ने जवाफ दिएँ ।
शनिवार घोराही फर्कने क्रममा विहान साढे १० बजे हेमन्तपुर चोकमा भेट हुने वाचा भयो । हेमन्तपुर पुग्ने वित्तिकै उनी बाईकबाट ओर्लिन ।
‘दाई, थ्याङ्क्यू’
‘वेलकम’
तत्काल उनले मेरो नम्बर मागिन् । मैले नम्बर दिएँ । उनको नम्बर पनि मागे ।
उनलाई ‘वाई’ भन्दै म आफ्नो गन्तव्यतर्फ लागँे ।
बाटो भरी उनका वेदान सम्झेर मन्न खिन्न भयो । घर पुग्दा आमा र बुवाले खाना खाइसक्नुभएको रहेछ । बुढी भने मेरो प्रतिक्षामा खाना नखाएरै बसेकी रहिछन् ।

‘मलाई धेरै खान मन छैन, तिमीले किन नखाएको ?’ बुढीलाई रुखो स्वरमा भनेँ ।
‘अलिकति खानु न तातो भात’ बुढीले जवाफ फर्काइन् ।
बुढीको आग्रह पछि थोरै खाना खाएर हतार हतार सुत्ने कोठामा प्रवेश गरेँ । रातभर ती महिलाको वारेमा सोच्दा सोच्दै समय वित्यो । जर्वजस्त निदाउन खोज्छु । निद्रा लाग्दै लाग्दैन । प्राय म साना कुराहरु पनि मनमा खेलाईरहन्छु । यो घटना त झन् एउटा नारीको वेदना थियो । राती कतिवेला निदाएछु, थाहा भएन । यी सबै घटना विवरणबारे बुढीलाई सुनाउन आवश्यक ठानिनँ् ।
शनिवार विहान हिड्नुभन्दा पहिले स्मृतिको मोवाईमा फोन ट्राई गरेँ ।

‘माफ गर्नु होला तपाईले सम्पर्क गर्न खोज्नुभएको नम्मर स्वीच अफ गरिएको छ’ मोवाईलको त्यो जवाफले अलि निराश भएँ ।
मेरो समाचार बनाउने र स्मृतिको न्याइका लागि पहल गर्ने धोको पूरा नहुँने भयो भन्ने आशंका उत्पन्न भयो । अर्को तर्फ ती महिलाका पीडाहरु अझै सुनेर उनलाई कुनै सहयोग गर्न सकिन्छ कि भन्ने सोच बनाएका थिएँ । बाटोमा बाईक रोक्दै उनलाई फोन ट्राई गरिरहे ।
आजभोलीको लोडसेडिङ । मोवाईल चार्ज नभएर स्वीच अफ भएको हुनसक्छ । जव हेमन्तपुर पुगेँ । त्यहाँ निकै मान्छेहरुको भिड थियो । धेरै महिला रोइरहेका थिए । सवारी दुर्घटना भयो कि भन्ने लागेको थियो । त्यहाँ पुग्दा थाहा भयो । मैले शुक्रवार साँझ लिफ्ट दिएकी स्मृतिले त आत्महत्या गरिसकेकी रहिछन् ।

‘त्यो मेरो बलेले निकै यातना दिन्थ्यो, बिचरी अकालमै गई’ त्यहि भीड मध्येकी एक जना महिलाले भन्दै थिइन् ।
परिचय भएको दुई दिन नभए पनि म स्मृतिलाई आफ्नै परिवार गुमे जस्तो अनुभव गरेँ । गहभरी आशु बोक्दै बाईकलाई विस्तारै घोराही तर्फ दौडाएँ । आजभोली घरबाट घोराही आउँदा होस् या घोराहीबाट गाउँ जाँदा । हेमन्तपुर पुग्ने वित्तिकै मेरो बाईक आँफै रोकिएको अनुभूति हुन्छ । अनि कसैले बाटोमा लिफ्ट माग्दा स्मृति मेरो आँखै भित्र आएको अनुभूति हुन्छ ।

loading…

भर्खरै प्रकाशित

लुम्बिनी प्रदेश : प्रदेशको राजधानी भएपछि तमसुक बनाउँदै महंगोमा जग्गा…

काठमाडौं । लुम्बिनी प्रदेशको राजधानी घोषणा हुनासाथ काठमाडौं बस्दै आएका नेकपाका एक नेताका नातेदार दाङको देउखुरी पुगे । उनले मजगाउँ भन्ने स्थानमा १३ कठ्ठा जग्गा…

मितेरी अस्पताल अब नयाँ व्यावस्थापनका साथ संचालन हुने

बिगत पाँचवर्ष देखि दाङ घोराहीको नवलपुरमा संचालित मितेरी अस्पताल अब  नयाँ व्यावस्थापनका साथ संचालन हुने भएको छ।  दाङ जिल्लावासी लगाएत साविक राप्ती अञ्चलका विभिन्न  बासिन्दाहरुलाई…

नारायणी किनारमा भोकाहरूलाई खान्की

चितवन — नारायणगढको नारायणी नदी किनारमा साँझ–बिहान राम्रै चहलपहल हुन्छ । तर अचेल यहाँ मध्याह्नको चर्को घाममा पनि मानिसहरू जम्मा हुन थालेका छन् । काखे नानीसहितका महिला,…

आम जनसमुदायको भावना अनुसार पार्टी एकताको दिशामा गएको हो :…

निर्मल आचार्य ‘विमल’ केन्द्रीय सदस्य नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य निर्मल आचार्य ‘विमल’ कुनै नेताको प्रस्ताव र चाहनामा नभएर…

चर्चित गायिका कला लम्सालको तहल्का मच्चाउने तीज गीत बजारमा (…

केएम निष्ठुरी गत बर्षको तीजमा तहल्का मच्चाएको सुपरहिट तीज गीत पातली को अत्याधिक सफलता पछी चर्चित गायीका कला लम्सालले यस बर्षको तीजको कोसेली पातली २…