वैशाख मास अठार गते गोधुली साँझमा।
त्रासदी पूर्ण घटना घट्यो वनका माझमा।।
कलिला मुना अस्ताई गए मिनेट भरमा
दुम्लाको खोला सुसायो धेरै थर्कियो डरमा।
त्रिवेणी चवी धाङ्सी र माडी के भयो भन्दै छन्
हान्निङ्ग, थुर्पा शिवको गुफा स्तब्ध बन्दैछन्।
दुम्लामा हेर्दै टोलाईराछ टिलाको बजार
पुरानो घाउ बल्झायो यहाँ रुँदैछन् हजार।
कसले छोड्यो कालको वीउ एकान्त वनमा
आफन्त जति रुँदाहुन् कति बेहोसी पनमा।
दार्बोट रोयो रोएका छन् ती नेर्पा र सिम्पानी
यो कालो दिन लिएर गयो अबोध ती नानी।
सकिन हेर्न हृदय छुने विच्छेद तस्विर।
एक्कासी बन्यो स्तब्ध रोल्पा दुखद खबर।
-गीता निर्दोषी, भावाङ रोल्पा