कोरोना आयो रुवायो विश्व त्रास छ साथमा।
दलको बन्द भएझैं गरी नहिडौं रातमा।
हामी नि टाढा छैनौं नि अव नजिकै आयो है
नसोचौं ख्याल नगरौं ठट्टा विश्व नै खायो है।
छोएर छाड्यो प्रदेश हाम्रो रहेन अछुटो
लागेछ भने के काम पछि गरेर पछुटो।
दिनहुँ नयाँ थपिदै गा छन् बनौं है सचेत
भुसको आगो सल्किदै गा छ नबनौं अचेत।
विहान हिड्ने रातमा हिड्ने यो के को बन्द हो
दिउँसो मात्र कोरोना हिड्छ सोचाई मन्द हो।
मान्छेले छोड्लान देखेर पनि छोड्दैन किटाणु
आँखाले देख्न कसले सक्छ विषालु जीवाणु।
खुल्ला झैँ गरि बाँधेर हुल हिड्नु छ के काम
यतिका दिन भएको बन्द होला है बेकाम।
कोरोना लागि एक्लिनु पर्दा कस्तो पो होला है
आफन्त छोडी गएमा मन कति पो रोला है।
सचेत बनौं सतर्क रहौं अझै छ समय
अकालै ज्यान जानेछ फेरी सयंम नभए।
-गीता निर्दोषी, भवाङ रोल्पा