कविता | कुर्सी खेल

  • गीता निर्दोषी 

देश संकटमा छ यतिखेर
रोकिएका छन् पाइलाहरु चल्दा चल्दैका
निभेका छन् चुलाहरु बल्दा बल्दैका
गरिखाने वर्गको खाना रोकिएको छ
तयार भइसकेको घरको छाना रोकिएको छ
घरदेश फर्कन चाहने परदेशीहरु
परदेशमै विचल्ली छन्
श्रम पसिना साटेर ल्याउने चाहना रोकिएको छ
सबै सबै रोकिदा तिमी त रोकिएनौ
महान कुर्सी खेल।

रोकिए राष्ट्रिय, अन्तराष्ट्रिय
कयौं प्रचलित खेलहरु
साग, ओलम्पिक र विश्वकप त के हुन् र तिम्रा लागि
रोकिन्छन प्राकृतिक विपत्ति र संकटको बेला
तिमीलाई त न वर्षाले रोक्छ
न असिनाले रोक्छ त न विशाल आँधीले
न राेक्न सक्याे तिमिलाइ
विश्वमा नै महामारी मच्चाइरहेको काराेनाले
कहिले दृश्यका साथमा
कहिले अदृश्य रूपमा
निरन्तर चलिरह्ययौ
कुर्सी खेल।

देश लकडाउन भएका बेलामा पनि
खुव मौलाएका छन् तिम्रा खेलाडीहरु
देश संकटमा रुँदा
कयौं सपना स्तब्ध हुँदा
रोगसँग लड्न छोडेर
आफुभित्रै लडिरहेका छन तिम्रा महान खेलाडीहरु
अस्पतालमा स्वास्थ्य सामग्रीको अभाव छ
विदेशबाट आफ्ना नागरिक फर्काउने दवाब छ
गुणात्मक रुपमा बढ्दैछन् संक्रमतिहरु
त्रसित छन्  देश वासीहरु
यस्तो विषम परिस्थितिमा पनि
कहिले खुला रंगशालामा
कहिले भित्रि चालमा
चलिरह्ययौ चलिरह्ययौ
महान तिमी कुर्सी खेल।

loading…

भर्खरै प्रकाशित

घोडाबाट लडेर कर्णालीका मुख्यमन्त्री शाही घाइते, हेलिकप्टरबाट उद्धार

शुक्रबार हुम्ला पुगेका कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही आज सदरमुकामबाट सिमकोट गाउँपालिका वडा नं ३ को तोर्पा, बरगाउँदै हुँदै लिमाटाङ्ग जाने क्रममा हुडी गाउँ र…

मितेरी हस्पिटलमा प्रसुति सहितको अप्रेसन सेवा सुरु

हिमाली पत्रिका  २१ कार्तिक, घोराही।  दाङको घोराही स्थित मितेरी हस्पिटलमा प्रसुति सहितको अप्रेसन सेवा सुरु गरिएको छ। नयाँ व्यवस्थापन सहित विशेषज्ञ सेवा प्रदान गर्न सुरु…

पत्नी वियोगमा रहनुभएका महरालाई राष्ट्रपति सहित शीर्ष नेतृत्वबाट समवेदना

२१  कार्तिक, घोराही  । पत्नी वियोगमा रहनुभएका पूर्वसभामुख कृष्णबहादुर महरालाई राष्ट्रपति विद्यादेवी भण्डारी सहित शीर्ष नेतृत्वले समवेदना प्रकट गर्नुभएको छ । विभिन्न शीर्ष नेताहरुले महरालाई…

कोभिड १९ र जैविक कृषिका निम्ति देखा परेका अवसर

माधव केसी  चिनका युहान प्रान्तमा ३१ डिसेम्बर २०१९ मा कोरोना भाइरस (कोभीड-१९) प्रथम पटक देखापरेसंगै विश्वव्यापी महामारीका रुपमा फैलिएको यस रोग नेपालमा असर पुर्याउन थालेको सात…

विदेशी च्यानल भए विज्ञापनमुक्त, क्लिन फिड नहुनेको प्रसारण बन्द

काठमाडौं । शुक्रबारबाट नेपालमा प्रसारण हुने विदेशी टेलिभिजन च्यानलमा क्लिन फिड लागू भएको छ । सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले म्याद नसार्ने अडान लिएपछि ऐनद्वारा…