परनिर्भरताको पराकाष्ठा

महेश भट्ट

मलाई सानो छदाका केही स–साना तर गहिरिएर हेर्दा महत्वपूर्ण कुराहरुको याद आयो । हाम्रो छिमेकमा उमेर मिल्दा १२–१४ जनाहरुको समूहथियो । सवै प्राय विद्यालय जाने गर्दथ्यौं । छिमेकमा पनि बडो सहयोगी भएर एक अर्कामा माथि संकट आइपर्दा सवै मिलेर समाधान गर्ने गर्दथ्यौं ।

२०–२५ बर्ष अघिको कुरा हो । हाम्रा आगनहरु बढि जसो फोहोर हुन्थे । हाम्रो छिमेकमा शौचालय थिएन । शौचालय हुन्छ भन्ने पनि थाहा थिएन । खुल्ला दिशा नै गर्दथे । ठूलो टोलछिमेक भएका कारण लुकीछिपी दिशापिशाव गर्नुपर्ने स्थिति थियो । हाम्रो टोलबाटै तलमाथि जाने मुल बाटो थियो । सवै मानिसहरु त्यही बाटो प्रयोग गर्दथे । प्रायः बाटो छेउमा कतै खुल्ला दिशा हुन्थ्यो भने कतै दिशालाई माटोले छोपिएको हुन्थ्यो ।

हामी टोलछिमेकीका दाजुभाई र दिदीबहिनीहरु स–साना थियौं । विद्यालयमा सरहरुले गाली गर्थे । प्राय गाँउमा खुल्ला दिशा नै हुन्थ्यो । मुलबाटो त्यही हुँदा खुल्ला दिशा बढि भेटिन्थ्यो । नाक, मुख हातले छोपेर जानु पर्दथ्यो । जव हामी कक्षा ६–७ मा पुग्यौ हामीलाइ केही चेतना आइसकेको थियो । त्यसपछि हामीहरु मिलेर आगन सरसफाई, बाटो सरसफाई, बाटोमा भएको सिस्नो र झाडीहरु सफा गर्न समय तालिका नै मिलाएर सरसफाई अभियानमा जुटी रहन्थ्यौं । ठुलै टोल थियो हामी बाटोका खाल्डाखुल्डीहरु पुरेर बाटोलाई सम्याउने काम समेत गरेर चिटिक्क पार्ने गर्दथ्यौं ।

गाईबस्तुलाई पानी पिउनका लागि धारा नजिकै राम्रो अनि ठुलो खाल्डा बनाएर पानी पिलाउने गर्दथ्यांै । हाम्रा टोलमा स–साना पाटी पौवाहरु थिए । समय तालिका बनाएर हामीहरु सरसफाई गर्दथ्यौं । यस्तै क्रियाकलापले हामीलाई थप हौसल्ला मिल्दै गर्दा ठाउँ–ठाउमा गाइबस्तुका लागि पानी पिउन खाल्डाहरु खन्ने गर्दथ्यौं । हाम्रो गाँउमा पानीको समस्या नै थियो । टाढाबाट पानीको पाइप ल्याइएको थियो । त्यो धेरै विग्रीरहन्थ्यो, टुटफुट भैरहन्थ्यो । समुहमा नै मिलेर हप्तौसम्म पानी पु¥याउन परिश्रम गर्नुपर्ने हुन्थ्यो ।

सबै अग्रजहरु सहयोगी हुँदा हामी पनि त्यही लयमा थियौं । त्यो समय हाम्रो गाँउ विकास समितिमा ३ प्राथमिक र १ निम्न माध्यमिक विद्यालय थिए । सवै विद्यालयहरुमा भौतिक संरचना, खेल्ने र प्राथना गर्ने चौर, बस्ने बेन्चडेक्सको समेत अभाव हुन्थ्यो । हामी विद्यार्थीहरु पनि कहिले बेन्च बनाउनका लागि काठ ओसाथ्र्यौ भने कहिले टाढाबाट बाुलुवा सिमेन्ट बोक्ने गर्दथ्र्यौ । हाम्रा अग्रजहरु पनि प्राय विद्यालय, मठ मन्दिर, धारा पधेराहरुमा सधैं श्रमदान नै गरिरहन्थे । त्यहाँ श्रमदान गर्न पनि प्रतिष्पर्धा नै हुन्थ्यो । विद्यालयका लागि निजीश्रोतका शिक्षकहरुको तलबका लागि गाँउ घुमेर आर्थिक सहयोग जुटाइने गर्दथ्यो । यति मात्र होइन विद्यालय, स्वास्थ्य चौकी, मठ मन्दिर लगायतका सार्वजनिक संस्थाहरुमा जग्गादान गर्नेहरुको समेत प्रतिष्पर्दा नै हुन्थ्यो । हाम्रो गाँउको फेदमासुर्नया नदि छ । त्यस नदिबाट सिंचाइ गर्न सिचाइ कुलोहरु निर्माण गरिएका छन् । सिंचाई कुलो प्राय भत्कने भएकाले करिब३ घण्टाको ओहोरदोहोर बाटो गरेर श्रमदान गर्ने गर्दथे । एकआपसमा मेलमिलाप र अत्यन्तै भातृत्व भेटिन्थ्यो ।

हामी केटाकेटी हुँदासम्म गाउँमा धेरै सामाजिक काम हुन्थे। त्यसमा कतैबाट पैसा आएको हुन्न थियो। गाउँलेहरु आफै मिलेर श्रमदान गर्दथे। कुनै सामान किन्न पर्यो भने घरैपिच्छे पैसा उठाएर किन्थे र सामाजिक काम गर्दथे। हुनेले पैसा दिन्थे, नहुनेले अन्न दिन्थे। त्यो पनि नसक्नेले श्रमदान गरेर योगदान गर्दथे।गाउँमा चौर तथा बाटो छेउमा बर, पिपल, स्वामीका विरुवाहरु रोपेर हुर्काउने। ती रुखहरुमा चौतारो बनाउने काम हुन्थे। बोटामा भारी बिसाउने ठाउँहरुमा देउराली र बिसौनाहरु बनाइन्थे। ती कुनै पनि काममा न सरकारलाई गुहारिन्थ्यो न कुनै दातृ संस्थाको नै खोजि गरिन्थ्यो। अपनत्वको भावनाले आफ्ना काम आफै गर्दथे ।

अहिले परिस्थिति फेरिएको छ ।स–साना पाटी पौवा, घरका आगन, विद्यालयका चौर, प्रतिक्षालय, बरपिपलको चौतारो, बाटो खाल्डाखुल्डी निर्माण, बिसौनाहरुमासरकारको लगानी तथा अनुदानमा हुने गर्दछन् । घर आगन समेत बनाउन सरकारको मुख ताक्ने प्रवृतिको विकास भएको देखिन्छ । हामी यति परनिर्भर र द्रव्य पिपासु भयौकी आफ्नै घरको काममा पनि भ्रष्टाचार गर्न लाग्यौँ।सरकारले बलियो घर बनाउन दिएको अनुदान रकममा पनि हामी भ्रष्टाचार गर्न पछि हटेनौँ।

त्यतीमात्र हैन, मन्दिर बनाउन सरकारसँग पैसा मागेर मन्दिर बनाउँदा समेत भ्रष्टाचार गर्न पछि हट्दैनौँ। खानेपानीका मुहान मर्मत गर्न आएको पैसाबाट नाफा निकालेर पेट भर्दा पनि पापको भय राख्दैनौँ। घरमाथिबाट भल पसेर घर पुर्न लाग्दा पनि हामी त्यो भल आफू काट्न तयार छैनौँ। त्यसको लागि सहयोग गर्ने निकाय वडा कार्यालय हो कि पालिका हो खोज्दै हिँड्छौँ। निवेदन लेखाइमाग्न मान्छे खोज्दै हिड्छौं । जताजता मिल्छ, त्यतै निवेदन तेर्स्याउँछौँ। सडकमा देखिएको ढुंगो छेउमा राख्न दाता चाहिएको छ। आफ्नै बारीमा बिरुवा रोप्न दाता चाहिएको छ।आफ्नो खेतमा पानी ल्याउने कुलो बनाउन दाता चाहिएको छ। चौतारो बनाउन दाता, मन्दिर बनाउन दाता, धाराको मुहान सफा गर्न दाता, आफ्नै गाईगोठ बनाउन दाता, बाख्राको खोर बनाउन दाता, भकारो बनाउन दाता, खेतका गरा बनाउन दाता। यो भिकारी प्रबृतिले घर आगन बनाउन पनि पैंसा कुम्ल्याउने परम्पराको विकास भएको छ । त्यो घर आगन बनाउने योजनाहरु पनि मन्त्रालयबाट र स्थानीय तहबाट कमिशनमा खरिद विक्रि हुने गर्दछन् ।

अहिले गाउँगाउँमा बन्ने उपभोक्ता समितिमा बस्न तँछाड मछाड हुन्छ। समिति बनाउन रडाको चल्छ । उपभोक्ता समितिमा बस्न ठूला राजनीतिक दलकै आशिर्वाद पाउनु पर्छ। राज्यले दिएको योजनाहरुको उपभोक्ता समितिमा बस्नु भनेको कामलाई राम्रोसँग सम्पन्न गराई समाज सेवा गर्नु हो। स्वयमसेवी रुपमा खटेर काम राम्रो गराउनु हो । तर त्यहाँ बसेपछि योजनामा आएको पैसा खेलाउन पाइन्छ। केही न केही पैसा त पक्कै लप्काउन पाइन्छ भनेर उपभोक्ता समितिमा बस्न तँछाड–मछाड र कतिपय ठाउँमा त कुटाकुटनै हुन्छ। विद्यालय व्यवस्थापन समिति बनाउन पार्टीगत र गुटगत उम्मेदवारी हुन्छ । धेरैमा मतदान नै हुन्छ । अन्तिममा यो पार्टी त्यो पार्टीको विजय भनेर अनुहार पुस्तिका भरिन्छन् ।

हामी यति धेरै परनिर्भर बन्दै गयौ कि हामीलाई हरेक कुरामा अनुदान र सहयोग चाहिने भयो। संकटको बेलामा समेत घरभरि अन्न थुपारेर खान पाइनँ भनेर रोईकराई गरेर हिँड्न सक्ने निर्लज्ज भयौँ। घरभरी खानेकुरा हुँदाहुँदै कसले कहाँ राहात बाड्छ भनेर दिनभरि घरको काम बिताएर राहत खोज्न भौतारिने बन्यौँ।बारीमा पाकेको बाली सडाएर राहतमा आएका सडेका चामल, दाल थाप्दै हिँड्ने भिकारी भयौँ। आफू सम्पन्न हुँदाहुँदै भिक मगुवा आचारणहीन बन्यौँ। २५ बर्षको पुरानो कहानी र अहिलेका कहानीमा यस्तै प्रवृत्तिको तुलना देख्न पाइयो । पहिले आफ्नो समाजका सवै कार्यहरु अपनत्वको भावनाले बलिया र दिर्घकालिन हुन्थे र आपसमा भातृत्व भेटिन्थ्यो । अहिले भने टोल छिमेकका साना कामहरुमा योजना खरिद बिक्रि गर्नुपर्ने, उपभोक्ता समितिको अध्यक्ष हुनु राजनीतिक आर्शिवाद लिनु पर्ने, चौतरा तथा मुहान सफाई समेतमा भ्रष्टाचार गर्नुपर्ने खराब प्रविृतको विकास भएको छ । यसले न त भातृत्व रहन्छ न त योजना नै राम्रो बन्छ । यस्तो परम्पराले हाम्रा सवै सामाजिक संरचनाहरु कमजोर बन्दै गए । अर्थ खर्च मात्र भयो उत्पादन हुन सकेन । हामीले देश बलियो खोज्यौ तर, हाम्रा काम परनिर्भर भए, हाम्रा अभिभावक भनाउदा नेताहरु आर्शीवादी भए,देश पनि परनिर्भर भयो । तसर्थ समाज संग लिन मात्र हैन समाजलाई दिन पनि सिकौं । यसमा सवैको भलो छ । यसैमा मातृभुमिको रक्षा हुनेछ । सवै उठौं, सवै जागौं ।

(लेखक नेपाल तरुण दलका जिल्ला उपाध्यक्ष नेपाली काँग्रेसका युवा नेता हुन)

loading…

भर्खरै प्रकाशित

लुम्बिनी प्रदेश : प्रदेशको राजधानी भएपछि तमसुक बनाउँदै महंगोमा जग्गा…

काठमाडौं । लुम्बिनी प्रदेशको राजधानी घोषणा हुनासाथ काठमाडौं बस्दै आएका नेकपाका एक नेताका नातेदार दाङको देउखुरी पुगे । उनले मजगाउँ भन्ने स्थानमा १३ कठ्ठा जग्गा…

मितेरी अस्पताल अब नयाँ व्यावस्थापनका साथ संचालन हुने

बिगत पाँचवर्ष देखि दाङ घोराहीको नवलपुरमा संचालित मितेरी अस्पताल अब  नयाँ व्यावस्थापनका साथ संचालन हुने भएको छ।  दाङ जिल्लावासी लगाएत साविक राप्ती अञ्चलका विभिन्न  बासिन्दाहरुलाई…

नारायणी किनारमा भोकाहरूलाई खान्की

चितवन — नारायणगढको नारायणी नदी किनारमा साँझ–बिहान राम्रै चहलपहल हुन्छ । तर अचेल यहाँ मध्याह्नको चर्को घाममा पनि मानिसहरू जम्मा हुन थालेका छन् । काखे नानीसहितका महिला,…

आम जनसमुदायको भावना अनुसार पार्टी एकताको दिशामा गएको हो :…

निर्मल आचार्य ‘विमल’ केन्द्रीय सदस्य नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य निर्मल आचार्य ‘विमल’ कुनै नेताको प्रस्ताव र चाहनामा नभएर…

चर्चित गायिका कला लम्सालको तहल्का मच्चाउने तीज गीत बजारमा (…

केएम निष्ठुरी गत बर्षको तीजमा तहल्का मच्चाएको सुपरहिट तीज गीत पातली को अत्याधिक सफलता पछी चर्चित गायीका कला लम्सालले यस बर्षको तीजको कोसेली पातली २…