दानवीय चौरजहारी नरसंहार : नवराजको प्रेमकथा भेरी नदिमा यसरी सधैंका लागि समाप्त भयो

  • केशरमान बुढाथोकी

मुलुकमा कोरोना भाइरसको संक्रमणले आक्रान्त बनाएका बेला पश्चिम रुकुममा भएको मानवीय नरसंहारले सिंगो राष्ट्रलाइ नै स्तव्ध बनाएको छ ।

प्रेम गर्ने प्रेमिल जोडीले प्रेममा परेपछि जात,धर्म,धनी,गरीब र उमेरको कुनै प्रबाह गर्दैनन् र त भनिन्छ प्रेम अन्धो हुन्छ ।
तर यसरी प्रेम गर्ने प्राय जोडीका लागि तगारो बनिदिन्छ यहि जातभात, धनी गरीब, र उचनिच र बाधक बन्छन घरपरिवार ।
संसारमा महिला र पुरुष दुइ वटा मात्र जाति छन् भन्दै खोक्रा आदर्श छाट्नेहरु अझै छुवाछुतको संघार कुल्चिएर निस्कन सकेका छैनन् ।

सदियौं देखि जातभात, उचनीच र धनीगरीबको पगरी गुथेर अगाडी बढेको समाजमा जातीय छुवाछुत र उचनीचको उल्मूलन गरेर सभ्य समाज निर्माण गर्ने सफरमा हिडेका आदर्शवादीहरुको भान्सा र पूजामा नै यसले नराम्ररी जरा गाडेर बसेको छ । यहि जातीय छुवाछुत र उचनीचको परिणति हो चौरजहारी नरसंहार ।

जाजरकोटका एक दलित युवाले रुकुम पश्चिमकी एक ठकुरी युवती संग प्रेम गरे । निश्चल प्रेम पछिको उत्कर्स बिबाह नै हो । अनि आफ्नो प्रेमलाई जीवन्तता प्रदान गर्ने बिकराल चुनौती थियो कथित तल्लो जाति भेरी नगरपालिका–४ रानागाउँ जाजरकोटका नवराज विक सामु । आफ्नो प्रेमलीलालाई दाम्पत्या जीवनमा बाँध्न प्रयत्नरत नवराजको प्रेमिलिला सपना उर्लदो भेरीको रप्तारमा समाप्त भयो ।

यस्तो थियो क्रुर दानवीय चौरजहारी नरसंहार

आफु तल्लो जातीय भएको र छोराले कथित माथिल्लो जातिको छोरीलाई प्रेम गरेर बिबाह गर्न खोज्नु उसको जीवनलिला समाप्त हुनुमा पछुताउदै जाजरकोटको भेरी नगरपालिका– ४ रानागाउँनिवासी मृतक नवाराजकी आमा भन्छिन कक्षा १२ उत्तीर्ण गरेको छोराले विभिन्न किसिमका खेलहरु खेल्थ्यो ।

खेल प्रति बिशेष चासो राख्ने भएकाले गाउँघरमा आयोजना हुने विभिन्न खेल खेल्नकै लागि मेला–महोत्सवमा हिडिरहन्थ्यो । महोत्सवमा खेल खेल्न केहि समय अगाडि रुकुमको चौरजहारी पुगेको नवराजको चौरजहारीकी एक युवतीसँग प्रेम सुरु भयो  ।
मेला महोत्सवमा आयोजना हुने खेलकुदमा गएका नवराजको प्रेम यात्रा सुरु भएपछी महोत्सवहरु भेट्ने बहाना बने  । प्रेमिका पनि नवराजको घर आउनेजाने गर्थिन् ।

दलित युवासँग प्रेम सम्बन्ध भएको थाहा पाएपछि यो सम्बन्ध छुटाउन आफन्तले के के गर्न भ्यायनन र रु तर यिनीहरुको प्रेम टुट्नुको सट्टा झनै मजवुत भयो  ।

प्रेमिकालाई लिन केही महिनाअघि नवराज साथीहरू लिएर प्रेमेकाको घर पुगे । यो कुरा सुइँको पाएका आफन्तको यो सम्बन्ध असफल बनाउने उपाए बन्यो उमेर  ।

केटीको उमेर सानो भएकाले बालबिबाह लाग्ने भन्दै उमेर पुगेपछि बिबाह गर्ने बाहाना गर्दै प्रहरीको रोहबरमा छलफल टुंगो लाग्यो  ।
तर, दलितसँग प्रेम गरेको भनेर परिवारले नै किशोरीलाइ बारम्बार घोचपेच गर्नाथालेपछी अशैह्य भएर प्रेमिकाले नवराजलाई आफुलाई भगाउन खबर गरिन ।

आफ्नो जीवन भन्दा बढी माया गरेकी प्रेमीकाको ‘लिन आउनु भनेर खबर गरेपछि आफ्ना हितैसीहरुलाई सहयोग मागेर नवराज प्रेमीकाको घर तर्फ लागे । साँझ अबेर प्रेमीकाको गाउँ पुगेका नवराज सहितको टोलीलाई आक्रमण गर्न सुरु भएपछी ज्यान जोगाउन हर प्रयास मेहनत गरे तर उर्लदो भेरीको रफ्तारमा प्रेमी नवराजको जीवनलिला संगै अन्तरजातीय प्रेमलीलाको पनि दुखद अन्त्य भयो ।

आफ्नी प्रेमीका संगको पटकपटक नियमित सम्पर्क पछी प्रेमीकालाई दुलही बनाउने सुनौला सपना बोकेर प्रेमेकाको गाउँमा पुगेका नवराज प्रेमीका कै गाउँमा नरसंहारमा परे । र कुनै दुखान्त फिल्मको कारुणिक अन्त्य जस्तै देहलिला त्यागे । नवराज सहित उनका हितैसीहरुको यो दुखद अन्त्यले उनको प्रेम कहानी त अन्त्य भयो तर आधुनिकता तर्फ बिकास हुदै गैरहेको नेपाली समाज र जातीय समानता माथी भने गम्भीर प्रश्न उब्जाएको छ ।

नेपाली समाजबाट जातीय छुवाछुत र उचनीचको अन्त्य हुनै सक्दैन रु ताथाकथित समाजले पगरी गुथाएको तल्लो जातिले माथिल्लो जाति संग प्रेम गर्नु अक्षम्य अपराध हो रु प्रेमीलाई प्रेमीकाले बिबाहका लागि अनुरोध गर्नु र प्रेमीकाको अनरोधमा आफ्नो लामो प्रेमलाइ जीवन्तता दिने खोज्नु प्रेमीको एकतर्फी गल्ती हो ?

आफ्नो हितैसी मित्रको पवित्र काममा साथ दिन खोज्नु सबै किशोरहरुको गम्भीर गल्ती हो ? त्यसो हो भने चौरजहारीको ठकुरी समुदायले उत्तर दिनुपर्छ आफ्नी चेली दलित समुदायको केटा संग प्रेममा छे भन्नेकुरा जान्दाजान्दै छोरीलाई फकाउन किन सकेनन रु कथित उच्च जातिको उपमा बोक्न जानेका ठकुरी समुदायले आफ्नी छोरीलाई जातीय उचनीचको पाठ पढाउन किन सकेनन ?

अनि केटाको तर्फबाट एकतर्फी अपहरण शैलीमा जवरजस्ती गर्न घरमै दलबल सहित आएको अबस्था हो भने कानुनी उपचार खोज्नुको साटो कानुन हातमा लिएर ढुंगामुड़ामा किन उत्रिए रु यस्ता सैयौं प्रश्नहरु उब्जिएका छन् चौरजहारी नरसंहार पछी ।
जातीय विभेद र छुवाछुत नेपाली समाजका लागि कानूनी अपराध भएपनि दुरदराज देखि लिएर सहर सम्म अझै पनि यसको निर्मुल हुन सकेको छैन ।

नेपाल जातीय छुवाछुतमुक्त राष्ट्र घोषणा भएको झन्डै १४ बर्ष पुग्ने थाल्यो । ऐन कानुन मात्र बनेर सदाका लागि त्यसको अन्त्य सम्भव हुदैन । मानिसको चिन्तनमा परिवर्तन हुन सकेन भने कानून हातमा लिएर नै मानव अपराध कर्ममा उत्रिन्छ ।
जातीय छुवाछुतको कुप्रथाले पानीपँधेरो, स्कुल, मन्दिर, अस्पताल, सार्वजनिक सवारी साधन, मेला, समारोह इत्यादि स्थानमा दलित भएकै कारण अपमानित हुनुपरेको विडम्बना नेपाली समाजमा जिवितै छ ।

उचनिच र छुवाछुतको परम्परागत प्रथा जमेर बसेको नेपाली समाजमा जातीय बन्धनले तोडेर सच्चा प्रेम गर्ने नवराज र सुस्मा जस्ता हजारौं प्रेमिल जोडीले खेप्नुपरेको समाजको सामाजिक अपहेलना त जीवात नै छ । तर प्रेमको प्रतिफल हत्या नै हुन्छ भन्ने बिषय अकल्पनीय हो । यस्तो विभत्स नरसंहारलाई राजनीतिक रंग दिएर भव्यतबिय घटना मान्न र दोषीलाई निर्दोषको जलप लगाउन थालियो भने यो २१ औं सताव्दीको मानवजातिकै लागि कालो धव्वा बन्न जानेछ ।

पात्र चाहे जो कुनै किन नहोस अपराध कर्ममा उत्रिने उ अपराधि हो । कानुनी राजामा कानुनको धज्जी उडाउदै नरसंहार मच्चाउनु कसैका लागि छुट छैन । त्यसैले चौरजहारी नरसंहारलाई जातीय र राजनीतिक लेपन दिएर होइन अपराध कर्म गर्ने जो सुकै अपराधीलाई कडा कानुनी गर्नु हजारौं नवराजको आत्माले शान्ति पाउनु हो ।

loading...
loading…

भर्खरै प्रकाशित

चर्चित गायिका कला लम्सालको तहल्का मच्चाउने तीज गीत बजारमा (…

केएम निष्ठुरी गत बर्षको तीजमा तहल्का मच्चाएको सुपरहिट तीज गीत पातली को अत्याधिक सफलता पछी चर्चित गायीका कला लम्सालले यस बर्षको तीजको कोसेली पातली २…

तिलोत्तमामा बुद्धको मुर्तिपछी अहिले इस्टोनियाको रुख काटियो

१९ असार,  बुटवल । बुटवल भैरहवा सिद्धार्थ राजमार्ग अन्तर्गतको तिलोत्तमा नगरपालिकाले लगाएको बाटो डिभाइडरमा रहेको इस्टोनियाको रुखहरु गएराती अज्ञात समूहद्वारा काटिएको छ । मणिग्राम चोकदेखि…

भारतले लगायो टिकटक सहित ५९ चाइनिज एप माथि प्रतिबन्ध

बुटवल, भारत सरकारले ले भारतमा निकै चर्चित एप टिकटक सहित ५९ एप मा प्रतिबन्ध लागाएको छ प्रतिबन्ध हुनेमा चाइना संग लिंक हुने सबै एप हरु…

पाल्पाको निस्दिमा ९३ जनामा कोरोना पुष्टि

११ असार, बुटवल । पाल्पाको निस्दिमा  थप ९३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । चितवनस्थित भरतपुर अस्पतालको कोभिड–१९ प्रयोगशालामा गरिएको परीक्षणमा निस्दिका विभिन्न क्वारेन्टिन…

दाङमा संक्रमितको संख्या बढ्न थालेपछि थप सावधानी अपनाईयो, भोलिदेखि ५…

दाङ । दाङमा कोरोना संक्रमितहरुको संख्या बढ्न थालेपछि थप साबधानि अपनाइने भएको छ । भोलि असाढ ४ गतेदेखि लागू हुने गरी दाङका सबै बजारहरु साँझ…