कविता | धमिरा

प्रिय सरकार
जिन्दावाद भन्दा पत्याउँथे
मूर्दावाद भन्दा नि पत्याउँथे
तिमी भन्थ्यौ
हट्छ अब सबै विवेद र उत्पिडन
त्यो पनि नि पत्याउँथे
सामूहिक भोजन आयोजना गरि
कुनै युद्ध जिते झैं
गलाभरि रंगिन माला लगाएर
तिमी मिठो भाषण गर्दै
छुवाछुत मुक्त गाउँ घोषणा गर्थ्यौ
त्यो पनि पत्याँए।

म सोझो दलिन
हर कुरा पत्याउँदा पत्याउँदै
बन्न पुग्यो मेरै सहारामा
समानताकाको सुन्दर घर
सबैले भन्थे आहा कति सुन्दर घर ?
पुलुक्क एक नजरमा नै सुन्दर देख्नेले
देखेन बच्चा अनि कच्चा काठ
देखेन भित्र भित्रै खाइरहेको धमिरा
धमिराले खादाखादा
अन्तमा म भाचिन पुगेँ
गर्ल्यामै ढल्यो
मेरो सपनाको सुन्दर घर।

जव घर ढल्यो
उतैतिर  छ नजर
खुब चर्चा छ
नयाँ घर बनाउने
फेरी समानताको घर बन्नुपर्छ
तर
त्यतिले मात्र पुग्दैन सरकार
पहिले म जस्तै देखिने घरहरु
छाम कति कच्चा छन् ?
अनि मात्र भन सुन्दर घर
तिमी भन्छाै नि सोझो दलिन
हेर त्यस भित्रका धमिराहरू
दलितहरू नहाेउन म जस्तै
बच्चा कच्चा र भित्रभित्रै धमिरा सल्किएका
सुरक्षित छैनन कुनै घरहरू
जव सम्म मर्दैनन धमिराहरू
घर त बन्ला तर हुनेछैन बलियाे
जव सम्म मासिन्नन
मान्छे भित्रका
विचाररूपि धमिराहरू

-गीता निर्दोषी ,भावाङ रोल्पा 

loading…

भर्खरै प्रकाशित

सहरी क्षेत्रमा विद्यालय बन्द गर्ने सरकारको निर्णय

६ वैशाख, काठमाडौं । सरकारले कोरोना भाइरस (कोभिड-१९) प्रभावित सहरी क्षेत्रका विद्यालय बन्द गर्ने निर्णय गरेको छ। सोमबार बिहान बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले विद्यालय बन्द…

भारतमा एकै दिन २ लाख ६१ हजार कोरोना संक्रमित थपिए,…

काठमाडौं । भारतमा पछिल्लो केही समय यता तीव्र गतिमा कोरोना संक्रमण फैलिरहेको छ । हरेक दिन भारतमा कोरोना संक्रमणको ग्राफ उकालो लागिरहेको छ । पछिल्लो…

देउखुरीका जिर्ण पाँच वटा पुलको मर्मत कार्य सुरु

दाङ।  देउखुरीका अतिजिर्ण भएका पाँच वटा पुलको मर्मत कार्य सुरु भएको छ । लमही १ कौडिया पुलबाट मर्मत संभारको कार्य सुरु भएको हो । सडक…

लक्ष्मी आचार्यलाई प्रेस संगठन र युनियनको साझा उमेद्वार बनाउने निर्णय

२१ चैत्र, घोराही । नेपाल पत्रकार महासंघ दाङको आसन्न निर्वाचनका लागि प्रेस संगठन र प्रेस युनियनले लक्ष्मी आचार्यलाई अध्यक्षको उमेद्वार बनाउने निर्णय गरेको छ ।…

दाङमा यात्रुबहाक बस दुर्घटना, दुई जनाको मृत्यु

२० चैत्र, दाङ । दाङमा यात्रुबहाक बस दुर्घटना हुँदा हुदा २ जनाको  ज्यान गएको छ। दुर्घटनामा  १८ जना घाईते भएका छन् । दाङको घोराही देखि…