उपन्यास किंग प्रियासनको दुई उपन्यास आउँदै

दाङ । दाङमा अहिलेसम्मकै सबै भन्दा धेरै उपन्यास प्रकाशित गरेर यस क्षेत्रमा उपन्यास किंग नामले प्रख्यात उपन्यासकार सविन प्रियासनले दुईवटा उपन्यास एकैसाथ निकाल्ने तयारी गर्नुभएको छ। २०७५ सालमा एकै वर्षमा तीन वटा उपन्यास निकालेर कृतिमानि कायम गर्नुभएका उपन्यासकार प्रियासनले यस वर्षको सुरुवातमै दुईवटा उपन्यास निकाल्ने तयारी गरेपछि उहाँको लेखन कार्यलाई प्रशंशा गर्नेहरुको ओइरो लागेको छ ।

उपन्यासकार प्रियासनले लकडाउन लभ र एयर होस्टेस नामक दुईवटा नयाँ उपन्यास निकाल्ने तयारी गर्नु भएको छ । नवौ र दशौं उपन्यासकारुपमा रहेको लकडाउन लभ र एयर होस्टेस उपन्यास विशेष गरी प्रेम अनि सामाजिक परिवेशमा आधारित छ ।

लकडाउन लभमा कोरोना संक्रमण र लकडाउन कालको अवस्था सँगसँगै माया प्रेमका प्रसँगहरु छ भने एयर होस्टेस उपन्यासमा हवाई यातायातसँग जोडेर पेशागत सवालहरु र प्रेम जीवनसँग सम्बन्धित खुराकहरु रहेको साहित्यकार प्रियासनले जानकारी दिनुभयो ।

लकडाउन लभ उपन्यासमा कोरोना संक्रमणका कारण नेपालसहित विश्वले भोग्नुपरेको समस्या, यसबाट बच्ने उपाएका प्रसँगहरु पनि समावेश गरिएको छ । प्रेम कथामा आधारित लकडाउन लभ उपन्यासमा अन्य रोचक प्रसँगहरु पनि समावेश गरिएको साहित्यकार प्रियासनको भनाइँ छ ।

यसैगरी एयर होस्टेस कसरी बन्ने, बनि सकेपछि एयर होस्टेसको भूमिका के हुने, उसले आफ्नो काम, कर्तव्य र जिम्मेवारी कसरी निर्वाह गर्ने, हवाई यातायातलाई प्रभावकारी बनाउन एयर होस्टेसको भूमिका हे हुनुपर्छ, हुन सक्छ ? भन्ने कुरा उपन्यासको मुख्य विषय वस्तु बनेको उपन्यासकार प्रियासनको भनाइँ छ ।

यस बाहेक एयर होस्टेस पेशामा आबद्ध व्यक्तिको घरायसी र व्यक्तिगत जीवनसँग जोडिएको कथा पनि यसमा समावेश रहेको प्रियासनले जानकारी दिनुभयो । उहाँका अनुसार एयर होस्टेसको प्रेम कथा पनि यसमा समावेश छ ।

‘एयर होस्टेस पनि मान्छे हो, उसको पनि म हुन्छ, उसको पनि जिन्दगी हुन्छ, उ पनि माया प्रेममा पर्न सक्छ’, प्रियासनले थप्नुभयो, ‘यसमा मैले आदर्श प्रेमको परिकल्पना गरेको छु ।’

उपन्यास लेख्नेक्रममा एयरलाईन्समा काम गर्ने कर्मचारीहरु, एयर होस्टेसहरु र विज्ञहरुसँग समेतत यस विषयमा छलफल गरेको बताउने प्रियासनले उपन्यासलाई विषय बस्तुका हिसाबले पनि पठनिय बनाउने प्रयास गरेको जानकारी दिनुभयो । ‘उपन्यास कसरी विषय बस्तु केन्द्रीत हुन सक्छ भन्ने विषयमा मैले धेरै नै सजगता अपनाएको छु’, प्रियासनको भनाइँ छ । एयर होस्टेसहरुको मनोबल माथि उठाउँने कोसिस स्वरुप उपन्यास तयार पारिएको छ ।

उपन्यासकार प्रियासनले दुबै उपन्यास एकैसाथ अषाढको अन्तिमसम्म बजारमा ल्याउने तयारी गर्नुभएको छ । दुबै उपन्यासमा साठी हजारको हाराहारीमा शव्दहरु समावेश छन् । उपन्यासकार प्रियासनले यस अगाडी वर्ष ब्रेकअप डायरी, लक्कीचार्म, सेल्फी, पल्लवी, सहनशीला, पुनरागमन, भुमरी, रोदनपछिको उपन्यासहरु प्रकाशित गरि सक्नु भएको छ ।

कथा र लेखहरुको संग्रह पनि प्रियासनका प्रकाशित छन् । नेपाल पत्रकार महासंघ दाङ शाखा अध्यक्ष भएर पत्रकारिताको नेतृत्व गरिरहनुभएका प्रियासनले लेखेका गीतहरुको चारवटा भिडियो पनि युट्युबमा हेर्न सकिन्छ भने यसैवर्ष उहाँका नयाँ गीतहरु भिज्वलसहित युट्युवबाट सार्वजनिक गर्ने तयारीमा प्रियासन हुनुहुन्छ ।

loading...
loading…

भर्खरै प्रकाशित

चर्चित गायिका कला लम्सालको तहल्का मच्चाउने तीज गीत बजारमा (…

केएम निष्ठुरी गत बर्षको तीजमा तहल्का मच्चाएको सुपरहिट तीज गीत पातली को अत्याधिक सफलता पछी चर्चित गायीका कला लम्सालले यस बर्षको तीजको कोसेली पातली २…

तिलोत्तमामा बुद्धको मुर्तिपछी अहिले इस्टोनियाको रुख काटियो

१९ असार,  बुटवल । बुटवल भैरहवा सिद्धार्थ राजमार्ग अन्तर्गतको तिलोत्तमा नगरपालिकाले लगाएको बाटो डिभाइडरमा रहेको इस्टोनियाको रुखहरु गएराती अज्ञात समूहद्वारा काटिएको छ । मणिग्राम चोकदेखि…

भारतले लगायो टिकटक सहित ५९ चाइनिज एप माथि प्रतिबन्ध

बुटवल, भारत सरकारले ले भारतमा निकै चर्चित एप टिकटक सहित ५९ एप मा प्रतिबन्ध लागाएको छ प्रतिबन्ध हुनेमा चाइना संग लिंक हुने सबै एप हरु…

पाल्पाको निस्दिमा ९३ जनामा कोरोना पुष्टि

११ असार, बुटवल । पाल्पाको निस्दिमा  थप ९३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । चितवनस्थित भरतपुर अस्पतालको कोभिड–१९ प्रयोगशालामा गरिएको परीक्षणमा निस्दिका विभिन्न क्वारेन्टिन…

दाङमा संक्रमितको संख्या बढ्न थालेपछि थप सावधानी अपनाईयो, भोलिदेखि ५…

दाङ । दाङमा कोरोना संक्रमितहरुको संख्या बढ्न थालेपछि थप साबधानि अपनाइने भएको छ । भोलि असाढ ४ गतेदेखि लागू हुने गरी दाङका सबै बजारहरु साँझ…