बुटवल, नबिल बैंकले आफ्ना ग्राहकहरुको माग र हितलाई मध्यनजर गर्दै समयसान्धर्विक सेवा प्रदान गर्दै आएको छ । पृथक, समयानुकुल तथा प्रबिधिमैत्री सेवामा अग्रणी भूमिका खेलेको बैंकले विश्वव्यापी रुपमा फैलिएको कोभिड १९ महामारीको समयमा आफ्नो ग्राहकहरुको हित तथा आवश्यकतालाई मध्यनजर गर्दै, स्वस्थ्य एवम सुरक्षित कारोबारको सुविधा प्रदान गर्ने उद्देश्यले, बिधुतिय प्रणालीलाई प्रोत्साहन गर्दै ” Nabil Gen-N Account” संचालनमा ल्याएको छ ।
” Nabil Gen-N Account” मार्फत बैंकले आफ्ना ग्राहक माँझ सहज तथा सरल बैंकिङ्गको अनुभुती गराउने उदेश्यले आफ्नै घरमा बसेर खाता खोल्न सकिने, आकर्षित ब्याज सहित थुप्रै प्रबिधिमैत्री सेवाहरु जस्तै मोवाईल बैंकिंग, भाईबर बैंकिंग, अनलाईन कारोबार र डेबिट कार्ड, क्रेडिट कार्ड, नेपाल टेलिकम/एनसेल २ जिबि डाटा प्याक निःशुल्क जारी गरेको छ ।
समुदायमा घातक रोगहरुको प्रभाव दिन प्रतिदिन बढ्दो क्रममा रहेको तथा तिनको उपचारार्थ अत्याधिक व्याय भार हुने कुरालाई ध्यानमा राख्दै यस्तो घातक रोग लागेको अवस्थामा उपचारको क्रममा नै केहि आर्थिक सहयोग समयमै पु¥याउने उदेश्यका साथ आफ्ना बचतकर्ताको सुरक्षण सहित नबिल बैंकले १३ प्राणघातक रोगहरु तथा दुर्घटना बिमा सुविधा समेत प्रदान गरेको छ ।
१८ बर्ष माथिका नेपाली नागरिकले उक्त खाता खोलि यसको लाभ लिन सक्नेछन् । सन् १९८४ देखि आफ्ना ग्राहकहरुलाई समायनुकुल सेवा प्रदान गर्दै आएको नबिल बैंकको ११८ शाखा, १७५ एटिएम र १५०० भन्दा बढि नबिल रेमिट एजेन्टहरु सहित बैंकिङ्ग क्षेत्रमा नविनतम् सेवाको शुरुवात गर्न अग्रणी भुमिका खेल्नुका साथै नेपालको बैंकिङ्ग विकासको ईतिहासमा कोसेढुङ्गाको रुपमा काम गर्दै आएको र यस बैंक ग्राहकवर्गको उच्च सन्तुष्टी एवम आधुनिक बैंकिङ्ग युगको शुरुवात गर्ने तर्फ केन्द्रित रहेको बैङका करपोरेट क्म्युनिकेसन युनिट सुमन लामा थिङ्कले बताए ।