१९ असार, बुटवल । बुटवल भैरहवा सिद्धार्थ राजमार्ग अन्तर्गतको तिलोत्तमा नगरपालिकाले लगाएको बाटो डिभाइडरमा रहेको इस्टोनियाको रुखहरु गएराती अज्ञात समूहद्वारा काटिएको छ ।
मणिग्राम चोकदेखि उत्तर तर्फ रहेको नयाँ मिलसम्म ३० वटा रुख हतियार र हातको प्रयोग गरि भाँचेर क्षति पुर्याइएको छ । स्टोनियाका रुखहरुमा कसले क्षति पुर्याएको हो भन्ने पहिचान हुन नसकेको नगरप्रमुख बासुदेव घिमिरेले बताए ।
यसअघि गत वर्ष साउन १ गते राति तिलोत्तमा ड्राइभरटोल-नयाँमिल खण्डको ६ लेन सडकको बीचको डिभाइडरमा राखिएका बुद्धका पाँचवटा मूर्ति फोडिएका थिए । ती मूर्ति फोड्नेको अहिलेसम्म पहिचान हुन सकेको छैन । रुख काट्नेको पहिचान गरी हदैसम्मको कानुनी कारबाही गरिने नगर प्रमुख घिमिरेले बताए ।
कसले र के कारणले काटेको भन्ने जानकारीको लागि प्रहरीले राखेको सिसिटिभी फुटेज हेर्न लागिएको नगरपालिकाका प्रवक्ता सुरेन्द्र श्रीले बताए ।