कोभिड १९ र जैविक कृषिका निम्ति देखा परेका अवसर

  • माधव केसी 

चिनका युहान प्रान्तमा ३१ डिसेम्बर २०१९ मा कोरोना भाइरस (कोभीड-१९) प्रथम पटक देखापरेसंगै विश्वव्यापी महामारीका रुपमा फैलिएको यस रोग नेपालमा असर पुर्याउन थालेको सात महिना भइसकेको छ । आजको मिति सम्म नेपालभर करिव १ लाख ६४ हजार ७ सय १८ जना संक्रमित र ९ सय ४ जनाको मृत्यु पुष्टि भैसकेको छ। कोरोना संक्रमण देखा पर्नथालेसंग २४ मार्च तिर सरकारद्वारा लकडाउनको घोषण समेत गरिएको थियो। यस दैडान कयौं मानिस रोजगार बिहिन समेत हुन बाध्य भए ।

यसको असर प्रत्यक्ष र अप्रत्यक्ष रुपमा सबैतिर देख्न सकिन्छ। सामाजिक, आर्थिक, राजनितिक संगसंगै कृषि क्षेत्रमा समेत यसको गहिरो प्रभाव देख्न सकिन्छ। पछिल्लो समयमा वृद्धि भएको खद्यान्नको आयात, रासायनिकमलको अभाव, उन्नततथा वर्णशंकर जातकाबिउको अभाव, तरकारी तथा अन्य खाद्यान्नको मुल्यवृद्धि इत्यादि समस्या कृषि क्षेत्रमा देखिएका छन्। यसका अलावा मानिसहरु त्रसित त छन् नै साथै उचित मुल्य तिरेर समेत गुणस्तरीय खद्यान्नपाउने स्थिति समेत छैन।

उचित खेती सामग्रीको अभाव पनि यसको प्रमुख कारण हुन सक्छ। तर चुनौती मै अवसरको सा‚चो लुकेको हुन्छ भनेझै‚ यस घडीको विसमतालाई ध्यानमा राखेर यदीहामी जैविक खेतीतर्फ आकर्षित हुन सक्यौभने यसले आजका निम्ति मात्र नभएर भोलिका पुस्ताका निम्ति समेत एक सुनौलो र दिगो कृषिको निर्माण गर्दछ। जैविक कृषिको कुरा गर्दा सर्वप्रथम त जैविक कृषिकाबारेमा बुझ्न जरुरी हुन्छ।

आखिर के हो त जैविक कृषि

जैविक कृषि एक खेति प्रविधिहो जो  कुनैपनि रासायनिक मल, किटनासक विषादि, एन्टिबायोटिक औषधि, ग्रोथ हर्मोन तथा अन्यकुनै परिमार्जित वस्तुहरुको प्रयोगलाई निषेध गरी पूर्णरुपमा प्रङगारिक मलको प्रयोगमा आधारित हुन्छ। यसरी खेतीगर्दा प्रङगारिक मलको प्रयोगलाई विशेष प्राथामिकता दिइने भएकाले खेतीगर्ने जमिनको उर्वरा शक्तिमा विकास गराउछ र साथै अन्य गुणमा समेत निखारता ल्याउँछ ।

यस प्राणाली अन्तर्गत गाउँघरकै स्थानिय विउलाई नै प्राथमिकता दिइने भएकाले अन्य कसैसँग विउका निम्ति परनिर्भरतालाई समेत घटाऊछ । यसरी खेतीगर्दा उत्पादित बस्तुहरु रसायनमुक्त समेत रहने हुँदाहाम्रो खाद्य प्राणालिबाट निम्तिने बिभिन्न रोगहरुको नियन्त्रणमा समेत मद्दत पुराउछ । बिभिन्न नकारात्मकअसारहरु हराएर जान्छन र यस किसिमका उत्पादनहरु पूर्ण रुपमावातावरण मैत्री र स्वस्थकर हुन्छन । यस प्राणालिले वातावरण स्वच्छता , पर्यावरणको बचाउतथा जैविक विविधतालाई समेत जोगाउछ ।

यस्तोे खेती प्राणाली निकै पहिले नेपालमा अप्नाउने गरिन्थ्यो तर पछिलो समय रसायनि कमलको तथा बिषादिको प्रयोगबाट सुरु भएको आधुनिक खेतीसंगै पलायन भएर गएको थियो तर आज पनि उच्च पहाडी क्षेत्र र हिमाली भेगतिर यसरीनै बिना रसायनको खेत गर्ने प्रचलन अझै पनि छ ।

यसरी खेती गर्न कुनै पनि नयाँ प्रविधि सिक्नन पर्ने र पूर्ण रुपमा स्वस्थकर खेतीको बिकास गर्न रसायन जन्य बस्तुको आगमन निषेध गरिने भएकाले सिक्नका निम्ति पनि कुनै गाह्रो छैन । झट्ट हेर्दा आजभोलि गरिने आधुनिक खेतिभन्दा उत्पादनमा निकै फरक देखिएता पनि यसको पुर्ण व्यवस्था गर्न सकेमा आधुनिक खेती सरह उत्पादन लिन सकिने कयौं उदाहरणहरु पनि प्रसस्तै देख्न सकिन्छ।

रसायनिक वस्तुहरुको प्रयोगले बिगारेको हाम्रो खेती योग्य जमीनमा झट्ट सुरु गर्दा पहिले नै त्यति उत्पादन लिननसकिएला तर समयसंगै  माटोको उर्बरा शक्ति फर्किन्छ र बिस्तारै पुर्ण रुपमाहामीहरु फेरि सफल हुनसक्छौ । यसप्रबिधिमा सम्पूर्ण जैविक तत्वहरुको सफल सम्योजन हुने भएकाले नै यसलाई जैविक खेतीभनिएको हो।

कोभिड १९ को आगमनसंगै बिभिन्न तरिकले कृषि क्षेत्रमा नकारात्मक आसर परेको कुरा त सर्वबिदित नै छ । रासायनिक मलको अभव , उचित विउ विजन पाउन नसकिने अवस्था आदि जस्ता बिभिन्न समस्य हिजो आज निकै सुनिनथ लेका छन्। यदि हामीले उचित निर्णय लिनसक्यौं भने यस्तो अवस्था हाम्रा निम्ति समस्यमात्र नभएर एक अवसरको घडि समेत सावित हुनसक्छ ।

यसको एक मात्र बिकल्प भनेको मात्र जैविक खेतिहुन सक्छ। रसायनि कमलको पुर्ण बहिस्कारबाट गरिने यस खेती अहिलेको अभावको समयमा परिवर्तनकारी सबित हुनसक्छ। अखिर कहिले सम्म रसायनिक मल,किटनासक विषादि र विउविजनका निम्ति अन्यकुनै राष्ट्रसंग भर परिराख्ने ।

स्थानिय विउको उचित संरक्षण र व्यवस्थापनबाट नै सजिलै गाउघरबाटै गुणस्तरिय विउको माग पुर गर्न सक्छौ । प्रांगारिक मलको उचित व्यवस्थापन र प्रयोगबाट माटोलाई पुनःजीवन्त राखी बिभिन्न सुक्ष्म जीवको बृद्धि गराउन सक्छाँैजसले गर्दा माटोको उर्बर शक्ति बढाउने काम गर्छ । रसायनको प्रयोगमा रोक आउने हुँदा रोग किराका शत्रु जीवको समेत बृद्धि हुन्छ जसले गर्दा रोग किरा पनि सजिलै नियन्त्रण हुनछन्।

विदेशी विउको परनिर्भरताले गर्दा अस्वस्थ बनेको हाम्रो पर्यावरण समेत स्वस्थ बनाउन मद्दत पुर्याउँछ । स्थनिय विउको प्रयोग र पुर्णतय जैविक.पद्धति आप्नाउने हो भने रोग किराको प्रकोप कम हुन्छ । बालीमा रोगहरु पनि कम लाग्ने गर्छन्। अहिलेको बिसमप रिस्थितिमा हामी पुर्ण स्वस्थकर र रोग प्रतिरोधत्मक शक्ति बढाउने खानेकुरा खाने बारे कुरा गर्छौं तर, रसायनयुक्त खानेकुराले कस्तो असर परेको छ।

हामीले खाने खाना सुरक्षित छ छैन यसबारे हामी बेवास्ता गरेकै अवस्था छ। त्यसैले हामी जैविक खेतीतर्फ मोडिन निकै आवश्यक छ। जैविक खेतीका निम्तिअलि धेरै जनशक्तिको अवश्यक पर्ने भएको हुँदा अहिलेको अवस्थामा रोजगार गुमाएका युवाहरुलाई यस तर्फ  आकर्षित गर्न सकेमा स्वदेशमै रोजगारका अवसरहरु सिर्जना गरी स्थानिय स्तरमै रोजगारी प्रदानगर्न सकिन्छ ।

अचानक भएको खाद्यानको अभाव र मुल्यबृद्धि कम गर्न समेत टेवा पुराउछ। ठुलो छेत्रमा गर्न नसकिने अवस्थाछ भएपनि सानो सानो क्षेत्रमा खेती गरेरहामीलगायत हाम्रो परिवारको निम्ति स्वस्थ खाने कुरा घरमै उत्पादन गर्न सक्छौं । त्यति सिकिराख्न पर्ने कुरा केही नभएको र आधुनिक खेती जसरी अति नै खेतमा नै बसिराख्नु पर्ने नभएकाले व्यस्त जीवन शैली भएका मनिसहरुले पनि सानो क्षेत्रमा सजिलैगर्न सकिन्छ। गाउँघरमै उचित वीउविजनको सटफेर गरेर गर्न सकिने भएकाले खेतीप्रतिको लगाव र समाजमा भाइचाराको सम्बन्ध स्थापना गर्न समेत मद्दत पुर्याउछ ।

आजभोलि मानिसहरु स्वस्थ जीवनशैली प्रतिआकर्षित भएको अवस्थामा व्यावसायिक रुपमा जैविक खेती गरेर समेत मनग्य आम्दानी लिन सकिन्छ।  परम्परागत ज्ञान र स्थानिय स्रोतका भरमा नै स्वस्थ उत्पादन गर्न सकिन्छ भने हामीकिन रसायनका पछि भागीरहेका छौ तरु रसायनिकमल,किटनासक विषादि र विदेशी विउजस्ता कुरामा हामी कहिले सम्म परनिर्भर हुने त ? कृषि उत्पादनमा रसायन मिसाएर आखिर कहिले सम्मखाने तरुजैविक खेतीले हाम्रो घर, करेसा हुदै भान्साकहिले देख्ने त ?

loading…

भर्खरै प्रकाशित

घोडाबाट लडेर कर्णालीका मुख्यमन्त्री शाही घाइते, हेलिकप्टरबाट उद्धार

शुक्रबार हुम्ला पुगेका कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही आज सदरमुकामबाट सिमकोट गाउँपालिका वडा नं ३ को तोर्पा, बरगाउँदै हुँदै लिमाटाङ्ग जाने क्रममा हुडी गाउँ र…

मितेरी हस्पिटलमा प्रसुति सहितको अप्रेसन सेवा सुरु

हिमाली पत्रिका  २१ कार्तिक, घोराही।  दाङको घोराही स्थित मितेरी हस्पिटलमा प्रसुति सहितको अप्रेसन सेवा सुरु गरिएको छ। नयाँ व्यवस्थापन सहित विशेषज्ञ सेवा प्रदान गर्न सुरु…

पत्नी वियोगमा रहनुभएका महरालाई राष्ट्रपति सहित शीर्ष नेतृत्वबाट समवेदना

२१  कार्तिक, घोराही  । पत्नी वियोगमा रहनुभएका पूर्वसभामुख कृष्णबहादुर महरालाई राष्ट्रपति विद्यादेवी भण्डारी सहित शीर्ष नेतृत्वले समवेदना प्रकट गर्नुभएको छ । विभिन्न शीर्ष नेताहरुले महरालाई…

कोभिड १९ र जैविक कृषिका निम्ति देखा परेका अवसर

माधव केसी  चिनका युहान प्रान्तमा ३१ डिसेम्बर २०१९ मा कोरोना भाइरस (कोभीड-१९) प्रथम पटक देखापरेसंगै विश्वव्यापी महामारीका रुपमा फैलिएको यस रोग नेपालमा असर पुर्याउन थालेको सात…

विदेशी च्यानल भए विज्ञापनमुक्त, क्लिन फिड नहुनेको प्रसारण बन्द

काठमाडौं । शुक्रबारबाट नेपालमा प्रसारण हुने विदेशी टेलिभिजन च्यानलमा क्लिन फिड लागू भएको छ । सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले म्याद नसार्ने अडान लिएपछि ऐनद्वारा…