पत्नी वियोगमा रहनुभएका महरालाई राष्ट्रपति सहित शीर्ष नेतृत्वबाट समवेदना

२१  कार्तिक, घोराही  । पत्नी वियोगमा रहनुभएका पूर्वसभामुख कृष्णबहादुर महरालाई राष्ट्रपति विद्यादेवी भण्डारी सहित शीर्ष नेतृत्वले समवेदना प्रकट गर्नुभएको छ ।

विभिन्न शीर्ष नेताहरुले महरालाई टेलिफोन गरी समवेदना व्यक्त गर्नुभएको हो । महरा पत्नी सीताको कार्तिक १९ गते ५९ वर्षको उमेरमा निधन भएको थियो । सीता १० वर्षे जनयुद्धमा महरासँगै भूमिगत हुनुभएको थियो ।

महरालाई राष्ट्रपति विद्या भण्डारी सहित उप–राष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, नेकपा अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समवेदना गर्नुभएको थियो । प्रचण्ड समवेदना प्रकट गर्न काठमाण्डौं स्थिति महरा निवासमा समेत पुग्नुभएको थियो ।

पूर्वसभामुख कृष्णबहादुर महरा परिवार अहिले छोरा निर्मल महरा ‘एटम’ को दाङ घोराही स्थिति घरमा आउनुभएका छ । महरालाई पूर्व प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका नेता शेरबहादुर देउवा, पूर्वप्रधानमन्त्रीहरु माधवकुमार नेपाल, झलनाथ खनाल र डा. वावुराम भट्टराईले समवेदान प्रकट गर्नुभएको छ ।

त्यसैगरी विद्रोही शक्ति नेकपाका महासचिव नेत्र विक्रम चन्द ‘विप्लव’ ले महरालाई समवेदना व्यक्त गर्नुभएको छ । महरा विप्लवका विद्यार्थी जीवनका शैक्षिक एवम् राजनीतिक गुरु समेत रहनुभएको छ ।

त्यसैगरी नेता मोहन वैद्य किरणले टेलिफोन गरेर महरालाई समवेदना व्यक्त गर्नुभएको छ । उहाँलाई पूर्व राजा ज्ञानेन्द्र शाहले निजी सचिव मार्फत समवेदना सन्देश पठाउनुभएको छ । त्यसैगरी महरा पत्नी सीताको निधन प्रति चीनिया कम्युनिष्ट पार्टीका अन्तरराष्ट्रिय विभाग प्रमुखले समेत दुःख व्यक्त गर्नुभएको छ । त्यसैगरी सभामुख अग्नि सापकोटाले विज्ञप्ती निकालेर महरा प्रत्नी सीताको निधन प्रति श्रद्धाञ्जली व्यक्त गर्दै परिवारजनमा गहिरो समवेदना व्यक्त गर्नुभएको छ । त्यसैगरी नेकपाका सबै सचिवालय सदस्यहरुले टेलिफोन गरेर महरा परिवारलाई समवेदना व्यक्त गर्नुभएको छ ।

नेपाली कांग्रेसका शेखर कोइराला, कृष्ण सिटौला लगायत शीर्ष नेताहरुले टेलिफोन गरेर महरालाई समवेदना व्यक्त गर्नुभएको छ । नेकपाका लुम्बिनी प्रदेश इञ्चार्ज एवम् मुख्यमन्त्री शंकरा पोख्रेल, आन्तरिक मामिला मन्त्री कुलप्रसाद केसी सोनाम, प्रदेश सभामुख पूर्ण घर्ति लगायतका नेताहरुले टेलिफोन गरेर महरालाई समवेदना व्यक्त गर्नुभएको छ ।

बिहिवार विहान ३ बजे महरा परिवार काठमाण्डौंमा दाङ आइपुगको छ । बिहिवार विहानै देखि महरा परिवारलाई समवेदना प्रकट गर्न दाङ स्थित उच्च पदस्थ सरकारी अधिकारीहरु, राजनीतिक दलका नेता कार्यकर्ता, जनप्रतिनिधि एवम् जनताहरुको घुइचो लागेको थियो ।

loading…

भर्खरै प्रकाशित

घोडाबाट लडेर कर्णालीका मुख्यमन्त्री शाही घाइते, हेलिकप्टरबाट उद्धार

शुक्रबार हुम्ला पुगेका कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही आज सदरमुकामबाट सिमकोट गाउँपालिका वडा नं ३ को तोर्पा, बरगाउँदै हुँदै लिमाटाङ्ग जाने क्रममा हुडी गाउँ र…

मितेरी हस्पिटलमा प्रसुति सहितको अप्रेसन सेवा सुरु

हिमाली पत्रिका  २१ कार्तिक, घोराही।  दाङको घोराही स्थित मितेरी हस्पिटलमा प्रसुति सहितको अप्रेसन सेवा सुरु गरिएको छ। नयाँ व्यवस्थापन सहित विशेषज्ञ सेवा प्रदान गर्न सुरु…

पत्नी वियोगमा रहनुभएका महरालाई राष्ट्रपति सहित शीर्ष नेतृत्वबाट समवेदना

२१  कार्तिक, घोराही  । पत्नी वियोगमा रहनुभएका पूर्वसभामुख कृष्णबहादुर महरालाई राष्ट्रपति विद्यादेवी भण्डारी सहित शीर्ष नेतृत्वले समवेदना प्रकट गर्नुभएको छ । विभिन्न शीर्ष नेताहरुले महरालाई…

कोभिड १९ र जैविक कृषिका निम्ति देखा परेका अवसर

माधव केसी  चिनका युहान प्रान्तमा ३१ डिसेम्बर २०१९ मा कोरोना भाइरस (कोभीड-१९) प्रथम पटक देखापरेसंगै विश्वव्यापी महामारीका रुपमा फैलिएको यस रोग नेपालमा असर पुर्याउन थालेको सात…

विदेशी च्यानल भए विज्ञापनमुक्त, क्लिन फिड नहुनेको प्रसारण बन्द

काठमाडौं । शुक्रबारबाट नेपालमा प्रसारण हुने विदेशी टेलिभिजन च्यानलमा क्लिन फिड लागू भएको छ । सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले म्याद नसार्ने अडान लिएपछि ऐनद्वारा…