लुम्बिनी प्रदेश प्रहरीद्धारा जातीय छुवाछुत तथा बालविवाह रोकथाम गर्न ३ महिने अभियान

२७ पुस, दाङ । जातीय छुवाछुत तथा बालविवाह रोकथामका लागि लुम्बिनी प्रदेश प्रहरीले तीन महिने अभियान सञ्चालन गरेको छ ।

अभियान अन्तर्गत समुदायमा हुने जातीय छुवाछुत तथा बालविवाह जस्ता अपराध नियन्त्रण गर्न सचेतनामूलक कार्यक्रम, अन्तरक्रिया, छलफल, पर्चा र पम्पलेट वितरण, कानुनी प्रावधानबारे जानकारी तथा विद्यालयस्तरमा समेत प्रशिक्षण प्रदान गरिने छ ।

अभियान आउँदो चैत महिनाको अन्त्यसम्म लुम्बिनी प्रदेशका १२ वटै जिल्ला प्रहरी कार्यालय र ५३ वटा इलाका प्रहरी कार्यालय गरी ६५ वटा प्रहरी कार्यालयबाट सञ्चालन गरिने र यो अभियानको अवधिभर कम्तिमा ३ सय ९० वटा कार्यक्रमहरु सञ्चालन हुने प्रदेश प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक राजकुमार बैदवारले बताए । जातीय छुवाछुत र बालविवाहका घटना भएमा प्रहरीलाई सूचना दिएर सहयोग गर्न पनि प्रहरीले अनुरोध गरेको छ । ‘जातीय छुवाछुत र बालविवाह न्यूनीकरणका विषयमा शून्य सहनशिलता कायम गर्न अभियान सञ्चालन गरिएको हो’–प्रवक्ता बैदवारले भने ।

यसैगरी प्रदेश प्रहरी कार्यालयले सार्वजनिक सवारी साधन र सार्वजनिक स्थानमा हुने यौनजन्य दुर्व्यवहारविरुद्ध पनि विशेष अभियान सञ्चालन गरेको छ ।

फागुनसम्म चल्ने अभियानले सार्वजनिक यातायातमा महिला तथा बालबालिकामैत्री वातावरण निर्माण गर्ने र यौनजन्य दुर्व्यवहार न्यूनिकरण गर्ने अपेक्षा गरिएको प्रवक्ता बैदवारले बताए । अभियान अन्तर्गत प्रदेश, जिल्ला र इलाका गरी १२० वटा प्रहरी युनिटबाट प्रत्येक महिना दुई वटाका दरले ७ सय २० वटा कार्यक्रम सञ्चालन गरिने उनले बताए ।

loading…

भर्खरै प्रकाशित

सहरी क्षेत्रमा विद्यालय बन्द गर्ने सरकारको निर्णय

६ वैशाख, काठमाडौं । सरकारले कोरोना भाइरस (कोभिड-१९) प्रभावित सहरी क्षेत्रका विद्यालय बन्द गर्ने निर्णय गरेको छ। सोमबार बिहान बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले विद्यालय बन्द…

भारतमा एकै दिन २ लाख ६१ हजार कोरोना संक्रमित थपिए,…

काठमाडौं । भारतमा पछिल्लो केही समय यता तीव्र गतिमा कोरोना संक्रमण फैलिरहेको छ । हरेक दिन भारतमा कोरोना संक्रमणको ग्राफ उकालो लागिरहेको छ । पछिल्लो…

देउखुरीका जिर्ण पाँच वटा पुलको मर्मत कार्य सुरु

दाङ।  देउखुरीका अतिजिर्ण भएका पाँच वटा पुलको मर्मत कार्य सुरु भएको छ । लमही १ कौडिया पुलबाट मर्मत संभारको कार्य सुरु भएको हो । सडक…

लक्ष्मी आचार्यलाई प्रेस संगठन र युनियनको साझा उमेद्वार बनाउने निर्णय

२१ चैत्र, घोराही । नेपाल पत्रकार महासंघ दाङको आसन्न निर्वाचनका लागि प्रेस संगठन र प्रेस युनियनले लक्ष्मी आचार्यलाई अध्यक्षको उमेद्वार बनाउने निर्णय गरेको छ ।…

दाङमा यात्रुबहाक बस दुर्घटना, दुई जनाको मृत्यु

२० चैत्र, दाङ । दाङमा यात्रुबहाक बस दुर्घटना हुँदा हुदा २ जनाको  ज्यान गएको छ। दुर्घटनामा  १८ जना घाईते भएका छन् । दाङको घोराही देखि…