२० चैत्र, दाङ । दाङमा यात्रुबहाक बस दुर्घटना हुँदा हुदा २ जनाको ज्यान गएको छ। दुर्घटनामा १८ जना घाईते भएका छन् ।
दाङको घोराही देखि लमही तर्फ जादै गरेको लु १ ख ९६३ नम्बरको यात्रुबहाक बस लमही घोराही सडक खण्डको मसोट ओरालोमा दुर्घटना हुँदा २ जनाको मृत्यु र १८ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । आज अपरान्ह करिब साढे पाँच बजे तिर दुर्घटना भएको हो ।
घाइते १८ जनाको लमही अस्पतालमा उपचार भैरहेको प्रहरीले जनाएको छ । घाटनामा मृत्यु हुने दुई जनाको पहिचान भने अझै नखुलेको प्रहरीले बताएको छ । घटनाको थप बिवरण आउन बाकी रहेको छ ।